• शनिबार-कार्तिक-१५-२०७७

मौसमी रुघाखोकीमा यी भोजन

मौसम परिवर्तनसँगै रुघाखोकीले सताउनु सामान्य नै हो । सामान्य खानपानमा हेरफेर गर्न सकिएमा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ । विशेषगरी मौसमी फ्लुमा झोलिलो पदार्थ खानु उचित हुन्छ । जानौं केही यस्ता भोजन जसले मौसमी रुघाखोकी नियन्त्रण गर्न मद्दत गर्दछ र शरीरमा प्रतिरक्षा विकास गर्दछ । 


१. सुप : सुपले घाँटी र नाकमा बस्ने कफबाट छुटकारा दिलाउन मद्दत गर्दछ । यसले शरीरको जलनलाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ । अदुवा, लसुन, बेसार तथा अन्य सब्जीहरूको हेल्दी सुप बनाउन सकिन्छ । 


२. भिटामिन सी युक्त खाद्यपदार्थ : भिटामिन सीयुक्त फल तथा सब्जीहरू रुघाखोकीका लाभदायी हुन्छन् । यसले प्रतिरक्षा विकास गर्दै शरीरलाई इन्फेक्सन हुनबाट बचाउँछ । गोलभेंडा, सुन्तला, मेवालाई भोजनमा सामेल गर्न सकेमा एकदमै लाभदायी हुन्छ । 


३. क्यामोमाइल चिया : क्यामोमाइल एक युरोपेली हर्बल हो । यसको चिया खान सकेमा राम्रो निद्रा लाग्ने गर्दछ । ओछ्यानमा जानुपूर्व एक कप क्यामोमाइल चिया खान सकेमा खोकी र रुघाबाट मुक्त गराउँदछ । 


४. केरा : रुघाखोकी लागेमा केरा खानु हुँदैन भन्ने एक गलत धारणा हो । केरामा पोटासियमको मात्रा राम्रो हुने गर्दछ । यसले रुघाखोकीबाट बचाउन मद्दत गर्दछ । 
 

प्रतिकृया दिनुहोस