• शुक्रबार-चैत-१६-२०८०

इच्छाकामनाको स्याङ्दीमा संचालित ६ महिने सिलाई कटाई तालिम सम्पन्न 

 


चितवन । चितवनको इच्छाकामना गाउँपालिका ७,स्याङ्दीमा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिम २०७७ असाेज ३० गते  सम्पन्न भएको छ । सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा संचालित तालिममा सो क्षेत्रका २२ जना विपन्न महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई निशुल्क लुगा सिलाउने मेसिन पनि सोही संस्थाले उपलब्ध गराएको थियो ।


संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं ७ का वडा सदस्य टेकबहादुर गुरुङ, अतिथिहरु प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, संस्थाका कार्यक्रम निर्देशक जगदीशचन्द्र पोख्रेल, चितवन कोअडिनेटर ईश्वर कुमार श्रेष्ठ, तालिमकी प्रशिक्षक शान्ति राई, तालिममा सहभागीहरु सोनी चेपाङ र चन्द्रमाया चेपाङ लगाएतले मन्तव्य राखेका थिए । 


सो संस्थाले यस अगाडि पनि चितवनकै विभिन्न स्थानमा २ सयभन्दा बढीलाई सोही प्रकारको तालिम दिइसकेको छ । विपन्न बस्तीहरुमा सो संस्थाले खाद्यान्न, कपडा लगायतको सहयोग समेत गर्दै आएको जनाएकाे  छ ।
 

प्रतिकृया दिनुहोस