• शुक्रबार-चैत-१६-२०८०

सरु अर्यालले ल्याइन् बेरोजगार युवकको कथा ‘विस्मरण’ 


काठमाडौँ, २ कात्तिक । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप अर्यालले फुटकर कविता र  कथापछि  उपन्यास ल्याउनुभएको हो ।


“उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेकी युवतीको प्रेम, सङ्घर्ष र सपनाको कोलाज हो, विस्मरण”, उपन्यासका सम्पादक सूर्य बिसी भन्नुहुन्छ, “विस्मरण, बेरोजगार युवकको कथा हो । उसले सम्मानपूर्वक बाँच्न गरेको सङ्घर्ष पनि हो ।” 


बिएन पुस्तक संसारबाट प्रकाशित कृतिले सुन्दर लेखनशैलीका कारण पनि पाठकको मन जित्ने विश्वास प्रकाशकले गरेको छ । उपन्यासकारले परिवार धान्नका लागि विदेश गएकी केटीलाई मूल पात्रका रुपमा उभ्याउनुभएको छ । विदेशबाट फर्किएपछि उनको परिवारको विघटन र अन्तिममा सुखद् सम्भावनामा गएर उपन्यास टुङ्गिएको छ ।

 

उपन्यासमा प्रेम, सङ्घर्ष र समाजसँगको विद्रोहलाई कलात्मक रुपमा वर्णन गरिएको छ । दुई सय ३२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य रु ३५०  छ । (रासस) 

प्रतिकृया दिनुहोस