• शनिबार-बैशाख-८-२०८१

“चिनो”हराएकाे कर्णालीको कथा-व्यथा र भोकमरी

डाेल्पा विमानस्थलमा डा. अरूणा(हातमा किताव) र कर्णालीकाे पहिचान रारा


कर्णालीको बारेमा लेख्न र बोल्नेहरुको राराको मनमोहक तस्बिर उतारछन् । फोक्सुन्डो तालको स्वर्ग स्वरुप बयान गर्छन् । कर्णालीको भोकको बारेमा कौर गरिन्छ , तर त्यो प्रदेशको स्थानीय खानाको वास्ता गरिन् ।


कालीकोट र जुम्लामा बस्दा चिनो खान पाइन्छ भन्ने प्रश्नमा धेरै सरकारी कर्मचारी व्यपारी आदिले भने कहाँ आजकाल चिनो पाइन्छ र चिनो, कोदो, फापर त लगाउनै छोडे नि । अब त यहाँका मानिसहरुले त सेतोे चामल खान पाएका छन किन चिनो लगाउन दुःख गर्नु नि ?


मैले भने ''चिनो त एकदम राम्रो पौष्टिक खाना हो त्यहाँ लगाउनै छोेडनु त साह्रै दुः खको कुरा भयो नि'' । मेरो कुरा सुनेर जुम्लाका आदर्श किसान राम बुढा थापाले भनेका थिए-''चिनो राम्रो भनेर कसलाई थाह थियो ? यसको बजार राम्रो पाए त मनै रोप्थें नि । के गर्नु यहाँ त स्थानीय अन्न नै सखाप पार्यों सरकारले ।''


कर्णालीको सुन्दरताको बारेमा जति लेखिन्छन, कर्णलीको कथा-व्यथा र दुःख त्यो भन्दा धेरै छ ।


नेपालमा २००७ सालमा प्रजातन्त्र आएको कुरा दुई महिना पछि मात्र जुम्लामा पुगेको थियो रे ! अहिले काठमानडौमा भएको घटनाको खबर मोबाइल, इनटरनेट बाट मिनेटमा जुम्लामा पुग्छ । तर अपसोच प्रविधिको राम्रो पक्ष साधारण मानिसको जीवनमा ल्याउन बाँकी नै छ ।


कुपोषणको मारमा रहेको कर्णालीमा काठमाडौंले चामल खान सिकायो तर कर्णालीको जीवनदायी, पाैष्टिकतालेभरिपूर्ण  खाद्य बस्तु फापर वा कोदो चामल भन्दा राम्रो छ भन्ने् कुरा एफ एम र मोबाइलबाट सिकाउन जानेन् ।


ठूला हाकिमले पनि कर्णालीमा पुगेर चामल खाए, चिनो खाएनन कर्णालीको नाममा बन्यो आयोग कता गयो कता कर्णालीका पत्रकार पुरिचन्द्र देबकोटाले कर्णाली दर्पण किताबमा लेखेका छन् । सरकारले गरिबका नाममा चामल पठाउन थाले पछि कर्णालीको आत्मनिर्भर अर्थतन्त्र धर्मराउन थालेको हो । सरकारले प्रत्येक वर्ष कर्णालीमा चामल पठाएको कुरा गर्वसाथ घोषणा गर्दछ ।

 

वास्तावमा सरकार र कर्णालीका सांसदलाई त लाजमर्दोे हुनु पर्ने हो चामल पठाएर जनतालाई भोकमरिको चपेटामा परिरहन त्यसैगरि कर्णालीका जडिवुटीका बारेमा जति कुरा गरे पनि यदि जडिवुटी केबल बेचिने काम मात्र भयो र स्थानीय महिलाहरुले त्यस्तो औषधिको उपयोग गरेर स्वास्थ्य राम्रो पार्ने सकेनन् र केबल    व्यापारीको लागी हुने भने के अर्थ भयो ?


कर्णालीलाई सुन्दर बनाउन चाहनेहरुले पहिलो काम  त मान्छेको जीवन सुन्दर बनाउन लाग्नु प¥यो । कर्णालीको ''चिनो नहराओस'' भनेर काम गर्नु पर्यो, नत्र त अबको ५० पछि पनि कर्णालीको भोकमरीले फेरि पनि निरन्तरता पाउने छ । 

प्रतिकृया दिनुहोस