• बिहीबार-बैशाख-१३-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


तनहुँ, २  कात्तिक : १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।


उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस