• बिहीबार-चैत-१५-२०८०

बिउविजनकाे कथा कृषककाे दर्दनाक व्यथा !

 

 

 "अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु" यस्ता उक्तिहरु हामी पहिले बाटै सुन्दै र महसुस गर्दै आएको छौं। बाली उत्पादनमा बिउले अहम् भुमिका निर्वाह गर्दछ । "हुने बिरुवाको चिल्लो पात" भने जस्तै राम्रो उत्पादनको लागि गुणस्तरीय बिउको एक विशेष भूमिका रहन्छ।


नेपाल भौगोलिक मान चित्रमा सानो भएतापनि जैविक विविधतामा अपार धनी देश हो। नेपालको कुल भूभाग १४७१८१वर्ग.कि मि मध्य ४४.७% वनले,३.९५% नदीनालाले ओगटेको छ भने खेतीयोग्य भूभाग २८.७५% रहेको छ। नेपाल विभिन्न  अन्नबाली तथा नगदेबालीका लागि उपयुक्तदेशको रूपमा परिचित छ।

 

नेपाल मुख्यतया धान, गहुँ, मकै, जौ, कोदो अन्नबाली तथा कफी, कपास, अदुवा, सुर्ती, चिया , जुट नगदेबालीहरु लगाइन्छ। नेपालको कुल जनसंख्या को ७६% जनसंख्या कृषिमा आधारित छ। देश को मुख्य पाँच अन्न्बालीको रूपमा धान,गहुँ ,मकै ,कोदो ,जौ रहेका छन् ।


कृषि क्षेत्रमा करीब ८१% जनसंख्यालाई रोजगार दिएको छ । कुल खेतीयोग्य भूभाग मध्य ३४% तराईमा,८% शिवालिक, ४८% पहाडमा तथा १०% हिमाली क्षेत्रमा पर्दछ । नेपालको कुल खेतीयोग्य भूभागको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा पर्दछ ।

कृषि क्षेत्रमा व्यवसायिकताको अभाव, आधुनिक शैली तथा प्रविधिको न्युनतम प्रयोग, परम्परागत बिउ विजनमा अधिकत निर्भरता, उपयुक्त समयमा मलखादको आपूर्तिमा अभाव, सिंचाई सुविधमा कमी तथा मनसुनमा आधारित खेती, एकीकृत खेतीको अभावलगायतका समस्याका कारण कृषि क्षेत्र लामो समयदेखि ग्रषित रहिआएको छ ।


आजको समयमा अधिकांश कृषकहरुले बिउ आफै उत्पादन नगरी बाहिरी देशहरुको भर परेको पाईन्छ । गत आर्थिक वर्षमा १ अर्व ५१ करोड बराबरको बिउ विभिन्न मुलुकबाट आयात भएको छ । जसकाकारण एकातर्फ नेपालबाट वर्षेनी ठूलो रकम बाहिरिएको छ भने अर्कोतर्फ यस्तो क्रमले हाम्रो माटो सुहाउँदो स्थानीय बिउहरु लोप भइरहेको अवस्था छ।

साथै, स्थानीयस्तरमा विकाशित बिउको गुणस्तरमा अभावका कारण बालीमा दाना नलाग्ने लगायतका कारण किसानहरुले बर्षेनी ठूलो क्षति व्यार्होनु परिरहेको छ । 


बिउको उत्पादन गर्ने थाहा छ तर लामो समयसम्म यसको गुणस्तरलाई जोगाउने कसरी ? किरा लाग्छ पछुतो लाग्छ थाहा छ, किरा लाग्नै नदिने कसरी ? माटोको गुणस्तर कम भयो महसुस गर्छौं, बिउको गुणस्तर वृद्धि के हो ? कसरी गर्ने ? जस्ता प्रश्न आज पनि ग्रामीण समाजमा सुनिन्छ। 


जब बिउको कुरा आउछ हामी बिउ विजन ऐन २०४५ र बिउविजन नियमावली  सम्झिन सक्छाैं । ०७१/०७२ अनुसार बिउ प्रतिस्थापन दर हेर्ने हो भनी धानमा मात्रै आवश्यक बिउ ७१००९ मे.टन र आपूर्ति परिमाण ९५३७ मे.टन रहेको थियो । यसबाट  प्रष्ट हुन्छ कि हामी मागकाे  परिपूर्ति गर्न हामीले सकेका छैनौं ।

 

हामी कृषि, एग्रोनोमी, बिउ क्षेत्रमा धेरै ज्ञान हासिल गरेका छौं, हामी कौसीमा, पानीमा, बालुवामा बिउ उमार्ने, विदेशमा आफ्नो ज्ञान प्रस्तुत गर्न सफल भयौं तर पनि त्यही ज्ञान हाम्रो गाउँ फर्केर हाम्रा बाजे, बुवा, आमालाई शिक्षा दिन तर्फ सोचेकै छैनौं  किन ? 

 

दफा ९ वमोजिम अनुमतिपत्र नलिई प्रयोगशाला सञ्चालन गर्नेलाई ,दफा ११ क र ११ ख विपरीत बिउविजन विक्रीवितरण गर्नेलाई ,सजाय कानुनमा मात्र सीमित छ । आज पनि कुन बीउ राम्रो नराम्रो, म्यादसम्म पनि  ग्रामीण कृषकलाई थाहा छैन।


गुणस्तरीय बिउको विकास गर्न राज्यको पहलले मात्रै सम्भव छैन । यसको लागि विद्यार्थी, शैक्षिक संस्था, स्थानीय  तह प्रदेश तथा संघीय सरकार, निजी क्षेत्र, समुदाय,  सम्पूर्ण सरोकारवाला हामी सबै सचेत र उतरदायी हुन  अति आवश्यक छ । अन्यथा  कृषक अधिकार ,समुदायका अधिकार मात्र नभई देशकै सम्प्रभुता नै धरासायी हुनसक्छ ।


 

प्रतिकृया दिनुहोस