• शनिबार-बैशाख-८-२०८१

बाघको आक्रमणबाट बर्दियामा १ जनाको मृत्यु


बर्दिया । गेरुवा गाउँपालिका–४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको आज मृत्यु भएको छ ।


गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको आज साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो । 



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सोे गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भइसकेको छ । 
 

प्रतिकृया दिनुहोस