• शुक्रबार-चैत-१६-२०८०

एक लाख मूल्य बराबरको अतिसबाजी(पटका) बरामद

 


झापा, कात्तिक-१६  गते । झापाको मेचीनगर नगरपालिका-१५ हल्दिबारी स्थित एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ ।

सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक १४ गते साँझ साढे ७ बजे एक लाख मूल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी(पटका) हरु बरामद गरेको हो ।

 

लुकाई छिपाई राखिएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ 

प्रतिकृया दिनुहोस