• बुधबार-जेठ-१४-२०८२

चिफ साब नेपाली सेनामा किन यस्तो भद्रगोल ? : जर्नेल–कर्नेललाई काखापाखा !

 

हाम्रो नेपाल आर्मीमा अहिलेका चिफ साबले विगतमा अरु चिफ सा’बहरूको तुलनामा भन्दा विशिष्ट तथा अति सह्रानीय कार्य गर्नु भएको छ । त्यो कुरामा चिफ साबलाई धन्यवाद तथा प्रसंशा गर्नु नै पर्छ । तर पनि धेरै कुराहरूमा चिफ साबले एकलौटी गरेको, आफ्नाहरूलाई च्यापेको, कमिसन, भ्रष्टाचार, आर्थिक चलखेल गर्ने सेनाका जर्नेल, कर्णेलहरूप्रति नरम व्यवहार देखाएको भनेर गाइँगुइँ सुन्नमा आएको छ । त्यस बारेमा चिफ साबलाई यही पत्रमार्फत केही विषयमा स्पष्ट हुन र केही विषयमा अवगत पनि गराउन चाहन्छौं ।


शुरुमा कुरा गरौं कर्नेल हरि बोहोराको, भैरवनाथ गणको कमाण्डर हुँदा उहाँले के कति निर्माण कार्य कसको इशारामा गर्नु भयो ? अनि उहाँलाई मालदार विभाग सम्भारमा ल्याइयो र फेरि को संग के कति हिसाब किताब नमिलेर त्यहाँबाट खेदियो ? अनि एकाउण्टेण्ट कर्नेल राजुलाई जनकपुर मुख्यालयमा के कारण र कुन आशयले शरुवा गरियो ?


अब कुरा गरम चिफ सा’बप्रति गरिने अर्को आलोचना । सेनामा थापा थर गरेका मात्र आफ्ना हुन् र ? यदि होइन भने संगठन बिवभाग अहिलेसम्म किन कर्नेलको कमाण्डमा छ ? सेनाको संगठन विभाग चलाउन सक्ने दक्ष जर्नेलको अभाव भएकै हो र ? या ती कर्नेल चिफ साबको नाता पर्ने भएरै अहिलेसम्म संगठनमा राज गरेका कि अरु खास कारण केही छ होला ? अर्को, सेनाको सैनिक सचिव जस्तो महत्वपूर्ण विभागमा अधिकृतहरू किन दोहोरिएका छन् र सबै थापा थरका नाता गोता वा लम्जुङ्ग घर भएका मात्र किन परेका होलान् ?

 

कर्नेल राजीव थापा जो सेनाको तल्लो अधिकृतलाई गैरव्यावसायिक र अमानवीय व्यवहार गर्ने, उनलाई नाता लाग्ने भएकै कारणले गर्दा सैनिक सचिवमा शरुवा गरियो अनि उपहार स्वरूप लेबनान शान्ति सेनाको कमान्डर बनाएर पठाउन लागियो । के उनी निष्पक्ष र जायज तरिकाबाट शान्ति सेनामा परेका हुन् त हजुर ? कर्नेल राजीवलाई सैनिक सचिवमा बदली गर्न आएका कर्नेल सूर्य थापा पनि लम्जुङ्गकै हुन, अनि उनलाई पनि कर्नेल पदम बढुवा अनि कर्नेल माधव थापालाई जसरी भविष्यमा हुने वाला चिफको लाइन मिलाउन ल्याएको भन्ने कुरालाई हामीले विश्वास गरौं कि नगरौं त ?


सेनाभित्र अहिले एकदम चर्चा भएको छ महिला गुल्मको । त्यस गुल्ममा थापा थर गरेकी दुई जना दिदी–बहिनी मेजरले पालै–पालो कमाण्ड गर्दैछन् ।  के उनीहरू पनि अघिल्लो चिफ राजेन्द्र क्षत्रीको नाता अनि अहिलेको चिफ साबको काकाको छोरी भएकै कारणले हो त ? अनि अरु महिला अधिकृतलाई चै समस्या छ भन्दा पनि सचेत पत्र दिई राजीनामा दिन बाध्य बनाई काठमाडौं बाहिर शरुवा गर्ने, तर ती दिदी–बहिनी भने एक घण्टा पनि जागिरको १६ वर्षे दौरानमा काठमाडौं बाहिर गएका छैनन् । चिफ साबले गरेको यो कार्य के न्यायसंगत छ वा भयो त ?


चिफ साबलाई सेनामा २÷४ जना जर्नेल÷कर्नेल भए मात्र पुग्ने हो ? जर्नेलहरू रघु भण्डारी, प्रेम शाही, अनन्त कार्की तथा कर्नेलहरू माधव थापा, टंक भट्टलगायतको मात्र चिफ साब हो तपाई ? भण्डारी जो सेनाको जासुस विभागले ठेकेदारसंग सेटि¨ गर्दागर्दैको भिडियो प्रमाणसहित तपाइलाई बुझाउदा पनि उहालाई कारबाही गर्नु त कता हो कता उल्टै तीन तारे जर्नेल बनाउन कम्मर कसेर लाग्नु भयो । भण्डारीले पनि बढुवाको लागि सेनामै बहाल आफ्नो छोरी जो घरि–घरि विवादमा  पर्छिन, लगायत आफन्तहरू लगाएर समेत सरकारका प्रभावशाली नेताहरूसंग लब्बिङ्गमा लागे, तर अन्त्यमा घर जान बाध्य भए । 


 चिफ साब, भण्डारी जर्साब जो अनेक विवादमा पर्दै आएका जर्नेललाई केही कारबाही नगरी अब राष्ट्रिय सेवा दलको हाकिम बनाउन लागेको भन्ने सुनेका छौं । अनन्त जर्साबलाई पनि एकदम च्याप्नु भाको छ रे, त्यत्रो अनुशासहीन काण्ड गरेर राष्ट्रिय मिडियामा आउने जर्साबको रौं पनि हल्लिए न त, सेनाको जनकपुर क्षेत्रमा ठूलो प्रोजेक्टको हाकिम बनाएर उपहार पो दिनु भएछ, त्यहाँ पनि सेटिंग गर्ने आफ्नो मान्छे भएर पो हो रहेछ है कुनै कारबाही नगरेको । प्रेम शाही सबै भन्दा कनिष्ठ जर्नेल, सेनामा अरु कोही वरिष्ठ जर्नेल नै नभएको जसरी अप्रेसन जस्तो अति नै महत्वपूर्ण विभागको जिम्मेवारी के स्वार्थले दिनु भएको ?  के उहाँले एक्स्प्रेस हाई वे मा ठेकेदारहरूसंग सेटिंग गरेकै आधारमा हो त अनि फेरि सेटिंग गर्न कै लागि मौका दिएको हो त ?


चिफ साब आजकल कुनै पनि सार्वजनिक कार्यक्रम तथा मिटिंगहरूमा आफू नगइ अन्य जर्नेलहरूलाई खटाउनु हुन्छ रे । के तपाई गैरसैनिक  व्यक्ति तथा अन्य सरकारी निकायका व्यक्तिहरूसंग फेस  गर्न पछि हट्नु हुन्छ हो ? 


चिफ साबको घर लम्जुङ्ग हो । त्यही लम्जुङ्ग भएकै कारणले, सेनाको कृषि प्रयोजनाको लागि लम्जुङको आफन्तहरूको कौडीको भाउमा नबिक्ने डाडा पाखाको जमिन सुनको भाउमा सेनाको कल्याणकारीमार्फत किनियो रे । के यो साँचो हो ? अनि त्यस कृषि प्रोजेक्टमा गण्डक क्षेत्रका मात्र जागिर पाउने रे हो ? यदि हो भने यो नेपाली सेना हो कि लम्जुङे सेना हो चिफ साब ?


यी सबै लान्छना निराधार, झुठा हुन् भन्ने ठहर हाम्रो चिफ साबबाट आउनेछ  अघात विश्वास छ । सम्पादकज्यूलाई यो चिठ्ठीद्वारा तपाइको अति लोकप्रिय पत्रिकामार्फत हाम्रो चिफ साबको ध्यानाकर्षण गरिदिनु हुन अनुरोध गर्दछौं ।                    - नेपाल आर्मीको भलो चाहने सकल दर्जा । 

प्रतिकृया दिनुहोस