• शुक्रबार-बैशाख-७-२०८१

बारा उद्योग वाणिज्य सङ्घमा साह

 

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन हुनुभएको छ । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जानकारी दिनुभयो ।

 

बीसौँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशन आगामी मङ्सिर २७ गते अरु पदको लागि निर्वाचन हुने भए पनि सहमतिको पहल भने जारी रहेको अधिकृत मिश्रले जानकारी दिनुभयो । निर्वाचनका लागि सङ्घले तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा  अधिवक्ता परमहंस केसरी सदस्यमा अधिक्ता नागेन्द्र यादव र प्रभात दाहाल हुनुहुन्छ  ।  

प्रतिकृया दिनुहोस