• बिहीबार-बैशाख-६-२०८१

आज के होला त ? 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

 


बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । आफूविरुद्ध विभिन्न आरोप लगाउँदै प्रचण्डले आरोपपत्र प्रस्तुत गरेपछि प्रचण्डले गत मंसिर ३ को बैठकमा १० दिनको समय मागेर राजनीतिक प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनमा ओलीले आफूमाथि लगाइएका आरोपबारे स्पष्ट पारेको बताइएको छ । 


ओलीले शनिबार आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि त्यसको अध्ययनका लागि केही दिनको समय दिने सम्भावना छ । यसपछिको अर्को बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने नेकपाको योजना छ । पार्टी एकता पक्षधर कतिपय नेताले अध्यक्षद्वयको एकीकृत प्रस्तावका लागि प्रयास पनि गरिरहेका छन् । योबीचमा एकीकृत प्रतिवेदनका लागि सहमति नजुटेमा स्थायी र केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड र माधव नेपाल पक्षको रणनीति छ । नेकपको यसअघि बसेको सचिवालय बैठकले स्थायी समिति बैठक मंसिर ११ र स्थायी समिति बैठक मंसिर २५ मा बोलाउने निर्णय गरिसकेको छ । दुवै कमिटीमा आफ्नो बहुमत रहेकाले प्रचण्ड–माधव समूह बहुमत सिद्ध गरेर अघि बढ्ने मुडमा देखिन्छ । 


प्रचण्डले आरोपपत्रमार्फत मिथ्या आरोप लगाएकाले ओली भने त्यसलाई फिर्ता गर्नुपर्ने अडानमा छन् । प्रचण्डले माफी मागे मात्रै सहमतिका लागि तयार हुने अन्यथा नझुक्ने आफ्नो प्रष्ट धारणा ओलीले आजको सचिवालय बैठकमा राख्ने बताइएको छ । प्रचण्ड–माधव समूह बहुमतको आडमा अघि बढेमा त्यहीँअनुरूप कदम चाल्ने रणनीति पनि ओली पक्षले तय गरेको छ । 


 

प्रतिकृया दिनुहोस