• शुक्रबार-बैशाख-१४-२०८१

सई र हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र  प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग रु १३ हजार घुस लिएको आरोप लागेको छ ।


 आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिकृया दिनुहोस