• शुक्रबार-बैशाख-१४-२०८१

कृष्णभक्त राईको नयाँ गीत ‘काडाँ जति आफूलाई...’ (भिडियोसहित)

 

 

१५ मङ्सिर २०७७, काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् ।

 

उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।  


डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम सुबेदी क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन  गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ भने कान्छा छोरा मनसुन राईले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् ।

भिडियोमा युवा उमेरमा हुने माया प्रेमको उतार चढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको जनाइएकाे छ ।     

प्रतिकृया दिनुहोस