• शुक्रबार-बैशाख-१४-२०८१

सचिवको अकर्मण्यताले सरुवा रोकियो : अर्थ मन्त्रीलाई असहयोग, राजस्वमा असर 

 

काठमाडौं । अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाको अकर्मण्यताले गर्दा यो वर्ष अर्थ मन्त्रालयका राजस्व समूहका करिब ३ सय अधिकृतहरूको सरुवा हुन सकेको छैन । २०७७ भदौमै हुनुपर्ने राजश्व समूहका कर्मचारीहरूको सरुवा कात्तिकसम्म पनि नगरी अनिर्णयको बन्दी बनाइयो । २०७७ मंसिर २७ गते आधिकारिक टे«ड युनियनको चुनाव हुने कुरा पूर्वनिर्धारित थियो । आचारसंहिता लाग्ने मिति पनि सचिवलाई थाहा थियो । तर त्यतिबेलासम्म सरुवा गरिएन । 


२०७७ कात्तिक २७ मा ब्याकडेट राखी साठी जना उपसचिवको सरुवा पनि मनपरी ढंगले गरे, तर आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयको निर्देशन नपाएपछि अधिकृत र नायब सुब्बाहरूको सरुवा गर्न सकेको छैन । 


 अधिकृत र नायब सुब्बाको सरुवा ब्याक डेटमा गर्न आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले नमानेका कारण रोकिन पुगेको स्रोत बताउछ । आधिकारिक टे«ड यूनियनको चुनाव स्थगित भएकाले आचारसंहिता लाग्ने कुरा समाप्त भएको छ । तर पनि सरुवा समयमा नहुँदा राजस्व संकलनमा असर परेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । 


दुई वर्ष अवधि पुगेका कर्मचारीको सरुवा हुने निश्चित भएकाले उनीहरूले साउन÷भदौदेखि नै अनुसन्धानका फाइलहरूको जिम्मा लिँदैनन् । अनुसन्धानमा कम्तीमा ३÷४ महिना लाग्ने भएकाले सरुवा हुने कर्मचारीले फाइल हेर्दैनन् । जस्तै, हेटौंडा आन्तरिक राजस्व कार्यालयको प्रमुखदेखि सबैको सरुवा हुने भएपछि त्यहाँ २०७७ साउनदेखि कर परीक्षण तथा अनुसन्धानका काम हुन सकेका छैनन् । अन्यत्र पनि सरुवा हुने कर्मचारीले जिम्मेवारी नलिने हुँदा कर परीक्षण र अनुसन्धानका काम प्रभावित हुँदै आएका छन् ।

 

हेटौंडा एक उदाहरण हो । सरुवा समयमा नहुँदा धेरै कार्यालयको राजस्व संकलनमा असर परेको छ । अर्थ सचिव ढुंगानाले उपसचिवहरूको सरुवामा पनि नीति, निर्माण गर्ने मन्त्रालयमा सबै जसो कांग्रेसी हौं भन्नेहरू भरेर अर्थमन्त्री विष्णु पौडेललाई असहयोग गर्ने वातावरण बनाउदैछन् । अब अधिकृतहरूको सरुवामा आलटाल गरेर राजश्व संकलन र  अनुसन्धानमा बाधा पु¥याएर अर्थ मन्त्री पौडेललाई नजानिदो तरिकाले असहयोग गरिरहेको अर्थ स्रोत बताउछ । 


हाकिमलाई एयरपोर्टमा 

स्वागत गर्न नजाँदा हप्की
अर्थ मन्त्रालयले २०७७ कात्तिक २७ मा अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व कार्यालयमा ६० उपसचिवको सरुवा गरेको थियो । यो सरुवामा नेपालगंज भन्सार कार्यालयको प्रमुखमा जय भण्डारीलाई खटाइएको थियो । भण्डारी नेपालगंज भन्सारमा हाजिर हुन जाँदा विमानस्थलमा उनले आफूलाई लिन मन्त्री÷प्रधानमन्त्रीजस्तो भिडभाड हुनुपर्ने ठाने । तर, एयरपोर्टमा उनलाई स्वागत गर्न भन्सारका कर्मचारी कोही पनि नपुगेपछि उनी आक्रोशित भए ।

 

भन्सार कार्यालयमा पुगेर आफूलाई एयरपोर्टमा स्वागत गर्न नआएकोमा कर्मचारीलाई हप्कीदप्की गरेको स्रोतले बताएको छ । ‘द्वितीय श्रेणीको उपसचिवमा त एयरपोर्टमा स्वागत हुनुपर्ने घमण्ड देखिन्छ भने नेताहरूमा किलोका किलो फूलको माला लगाउने जिजिविषा किन नपलाओस् त ।’, नेपालगंज भन्सारका एक कर्मचारीले भने ।
 

प्रतिकृया दिनुहोस