• शुक्रबार-बैशाख-१४-२०८१

एयरपोर्टमा अनुमतिबिना रक्सी पसल

 

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले एयरपोर्ट परिसरभित्र मदिरा पसल खोल्न अनुमति दिएको छैन । तर एयरपोर्ट प्रवेश गर्नासाथ मापदण्ड विपरीत निर्माण गरेको कम्प्लेक्समा मदिरा पसल खोलिएको छ । उडड्यन कार्यालयसँग अनुमति नै नलिई मदिरा पसल सञ्चालन गरिएको छ । हिमालयजंग क्षेत्रीले अनुमति बिना नै एयरपोर्टमा मदिरा पसल खोलेको स्रोत बताउछ । एयरपोर्टमा निर्माण भएको व्यापारिक कम्प्लेक्स अनुमतिभन्दा दुई तला बढी बनाएको भन्दै विरोध हुँदै आएको छ ।

 

सर्वसाधारणले अनुमति बेगर घर बनाउँदा भत्काउनेसम्मको अधिकार पाएको काठमाडौं महानगरपालिकाले उक्त बिल्डि¨का सवालमा भने मौनता साँधेको छ । तत्कालीन टर्मिनल म्यानजमेन्ट हेर्ने डीएमडी तथा हाल विराटनगर नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सवराज खरेल पनि मनि चेञ्जरदेखि अरु व्यवसायमा पाटर्नर बन्न सफल भएको कर्मचारी स्रोत बताउछ ।

 

खरेलले नै नयाँ व्यापारिक कम्प्लेक्स भवन सञ्चालन नहुँदै  व्यक्तिगत स्वार्थका लागि विमानस्थलमा हुँदै आएको पार्किङलाई जबर्जस्ती नयाँ व्यापारिक कम्प्लेक्स परिसरमा सारेका थिए । लज्जास्पद कुरा त के छ भने नागरिक उडड्यन कार्यालयको महाप्रबन्धकको गाडीदेखि नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकसम्मको गाडी नयाँ व्यापारिक कम्प्लेक्स परिसर पार्किङ गर्दा शुल्क तिर्नुपर्छ । आइएमएस एक्सपोर्ट सर्भिसले जारी गरेको पार्किङ मेम्बर कार्ड लिन अनिवार्य गरिएको छ । 
 

प्रतिकृया दिनुहोस