• बिहीबार-बैशाख-६-२०८१

प्रधान सेनापति  पूर्णचन्द्र थापा कर्णाली र  सुदूर पश्चिम  निरीक्षण भ्रमणमा

 

 

काठमाडाैं । प्रधान सेनापति महारथी  पूर्णचन्द्र थापाले २०७७ मंसिर १६ गते हुम्लास्थित नयाँ भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गरेकाे  नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । 

 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा. को स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । 


साथै, प्रधानसेनापति थापाले  २०७७ मंसिर १७  र १८  गते सुदूर पश्चिम पृतना हे.क्वा. लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ  । 


 

प्रतिकृया दिनुहोस