• शुक्रबार-बैशाख-१४-२०८१

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

 


बिराटनगर, मंसिर १४ गते । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । मंसिर १३ गते शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

 

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले  मंसिर १३ गते  शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर-४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर-५ का २६ बर्षीय मदन बि.क., हल्दिवारी गाउँपालिका-१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका-४ का २१ बर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस