• शुक्रबार-चैत-१६-२०८०

कुटपिटबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न रहेका ३ जना पक्राउ

 


झापा, मंसिर १६ गते । झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय विशाल तामाङ पक्राउ परेका छन् ।

 

मंसिर १४ गते आईतवार राती सवा ८ बजे सामान्य बादबिबादको विषयलाई लिएर यो तिन जनाको समूहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको थियो ।

 

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस