• मंगलबार-बैशाख-११-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

समकालीन राजनीतिमा छिमेकी मुलुकका अधिकृत र अनधिकृत
एजेन्टहरूका विचार सम्प्रेषण तथा प्रक्षेपण र हर्कत हेर्दा
यतिखेर,
मलाई मदन भण्डारीको जनताको बहुदलीय जनवादको सोच
र, स्व विपि कोइरालाको मेलमिलापको उद्घोष, दुबै मन पर्न थालेका छन् ।
मदन भण्डारीको जनताको बहुदलीय जनवाद
आफूलाई प्रजातान्त्रिक मूलधारमा स्थापित गराउने ध्येयबाटमात्र प्रेरित थिएन ।
त्यसको वस्तुगत पृष्ठभूमि छिमेकी मुलुकका औपचारिक अनौपचारिक हर्कतबाट
आजित भएर निस्किएको पित्को निचोड थियो ।
विपिको मेलमिलाप उद्घोष
देखिंदा धकेलिएर कुना परेको राजनैतिक अवस्था मात्रै थिएन ।
त्यसभित्र राष्ट्रप्रतिको गहिरो अपनत्व थियो,जुन ‘टोपी राष्ट्रवाद’ भन्दा भिन्न थियो ।
मुलुकभित्र संघीयता,समानुपातिक प्रणाली र गणतन्त्रको छल
जुनजुन जस्केलाबाट छि¥यो,जुनजुन गल्ली भएर देउसी खेलेर आयो ।
त्यो गलत वा ठिक इतिहासले परीक्षण गर्ला ।
तर आजको दिन आई पुग्दा,
हामी आफैले बुढी औंलामा निलो मसी दलेर बनाएको
संविधान सभाले निर्माण गरेको संविधानलाईजोगाइ राख्न नसक्ने भएका छौं ।
आजको कालखण्डलाई यो सबभन्दा गह्रुड्डो बोझ भएको छ ।
यो,राजनीतिकर्मीको भन्दा पनि संविधानबाट संरक्षण पाउनु पर्ने भुँइ मान्छेको सकस हो ।
संविधान यतिखेर भुँइ मान्छेकालागि
न यो जिउँदोको जन्ती भयो, न मर्दाको मलामी ।
कुनै पनि हुन सकेन ।
यो नाड्डो सत्य हो ।
संविधान आजको दिनमा जसरी बेबारिसे भएको छ 
मुलुकभित्र आन्तरिक द्वन्द्व र संघर्ष वा भिडन्त भन्दा परतिर
यसको अर्को कुनै गणतीय शेष पनि निस्किन्न ।
यो ‘शेष’ झलझल्ती आँखा अघिल्तिर म देखिरहेको छु ।
पार्टीभित्रको आन्तरिक टकराव होस कि अन्तरपार्टी विवाद
घातप्रतिघात संविधानमाथि नै भएको छ ।
हन, यो संविधान हो कि फुटेको हाँडी?
सबका सब यै सोधि बस्छन् ।
यति छोटो अवधिमा संविधानका धारा उपधारा मात्रै होइन 
ऋचाऋचा सम्परीक्षणमा परेका छन ।
मानौ संविधान नभएरमहालेखा परीक्षकको बेरुजुको प्रतिवेदन होस् ।
र, सबका सब यै प्रतिवेदनमाथि टेकेर आफूलाई पण्डित साबित गर्न लागेका छन ।
कत्ति ठूलो होक्समा बाँचेको समकालीन समाज?
हिजो जसजसलाई मन परेको थिएन, संसद विघटन 
ती आज किन पनि चुप छन भने 
तिनलाई लाग्न थालेको हुनु पर्दछ ।
मुलुकभित्र अनाधिकृत हतियार भित्रिंदा, झगडा तिनको रहन्न ।
र, झगडा आफ्नो नभएसि, देश ??
खोई को पो सम्झिन्छन, सिरिया 
खोइ को पो पत्ता पाउँछ, अफगानिस्तान ।
हिजो जसजसलाई मन परेको थिएन असरल्ल परेको विरोध सभा
ती आजको दिनमा भिज्या बिरालो किन पनि भएका छन भने
योबाझाबाझमा तिनको कन्दनी चुँडिएको छ ।
तिनको सकस छ, लाएको कछाड समात्ने कि व्यानर ।
छिमेकी मुलुकका अधिकृत तथा अनाधिकृत हर्कतहरूले
सबभन्दा बिजोग चाहिं
नेपालको राजनैतिक आन्दोलन,आन्दोलनमा सहादत हुने नेपाली
र, सारा कुराउनी खान पल्केको राजनैतिक दलहरूलाई भएको छ ।
तिनको न त कुनै हैसियत न कुनै सामथ्र्य नै इतिहासले रेकर्ड गरेको छ ।
सारा राजनैतिक आन्दोलन, सहादती र राजनैतिक शक्ति कठपुतलीखेल प्रमाणित भएको छ ।
र, आज हामी त्यसैको फोहोरी थुप्रोमा बसेर
सबका सब एक थान संविधान देखाएर देश च्यात्न लागि परेका छौं ।
इ...स्ससस्...
तिम्रो पुर्खाको देश ।

 

प्रतिकृया दिनुहोस