• शुक्रबार-चैत-१६-२०८०

जितगढी विजयी दौड-२०७७ : Victory Half Marathon विजेता ६ खेलाडी पुरस्कृत  

 


काठमाडाैं । "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस" को उपलक्ष्यमा लुम्बिनी प्रदेशका  मुख्यमन्त्री  शंकर पोखरेलको प्रमुख आतिथ्यमा  २०७७ पुस २५ गते  मध्य पश्‍चिम पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा "जितगढी विजयी दौड-२०७७" Victory Half Marathon  (२१ कि.मि. दौड) सफलतापूर्वक सम्पन्न भएको छ । 

 

No description available.
 वार्षिक रुपमा नेपाली सेनाको अगुवाईमा "पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस" को अवसरमा विजय महोत्सव दौड कार्यक्रम संचालन गरिदै आईरहेको छ । “जीतगढीको शान, नेपालीको पहिचान” मूल नारा सहित राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्द्धन  एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको  नेपाली सेनाले बताएकाे छ । 


 १४१ जना धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई  मुख्य मन्त्रीबाट नगद पुरस्कार, पदक तथा प्रमाण-पत्र प्रदान गरिएकाे छ । 

 

 प्रतियोगिताका विजेता खेलाडीहरु 


 (क)     पुरुष तर्फ:

(१)    प्रथम: सि. शिब रायमाझी,  खड्‍गदल गण ।
(२)    द्वितीय: सि. सुबाश कार्की,  नारायणदल गण । 
(३)    तृतीय: स.प्र.ज. गौरब भण्डारी,  नं.५ विन्दावासिनी बाहिनी ।

(ख)    महिला तर्फ:

(१)    प्रथम: सि. निर्मला के.सी., गरुडदल गण । 
(२)    द्वितीय: स.प्र.ज. भाबना शाही,  नं.५ विन्दावासिनी बाहिनी ।
(३)    तृतीय: मिनिसा थापा, गोरखदल गण ।
 

प्रतिकृया दिनुहोस