• शनिबार-असार-२१-२०८२

यी हुन् सय बिरामी मार्ने स्वास्थ्यकर्मी

 

अस्पतालमा काम गर्ने नर्सको जिम्मेवारी भनेको बिरामीको रेखदेख, सेवा सुसार गर्ने रहन्छ । त्यसैले स्वास्थ्यकर्मीलाई भगवानको रुपमा हेरिन्छ । तर कोही यस्ता स्वास्थ्यकर्मी पनि छन् जसले अमानवीय व्यवहार देखाउने गर्दछन् । अमानवीय व्यवहार गरेर चर्चामा आउने व्यक्ति  हुन जर्मनीका पुरुष नर्स निल्स होएगल्स । जसले १०० जना विरामीको हत्या गरेका थिए ।

 

अहिले यी व्यक्ति जन्म कैदको सजाय भोगिराखेका छन् । सन् १९९९ देखि सन् २००५ सम्म निल्सले जर्मनीको दुई शहरमा ३८ र ६२ जनाको हत्या गरेका हुन् । उनले अस्पतालमा आउने बिरामीलाई इन्जेक्सन दिएर हत्या गर्ने गर्दथे । एकप्रकारले सिरियल किलर हुन् । यो हत्यालाई लिएर अदालतले मानवीय कल्पनाभन्दा बाहिरको कार्य भनि संज्ञा दिएको थियो । सन् २००५ मा निल्सलाई जर्मनीको डेलमेनहोस्र्टमा एकजना बिरामीलाई इन्जेक्सनबाट विष दिइरहेको अवस्थामा पक्राउ गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस