• बिहीबार-चैत-१५-२०८०

यी हुन् सुन्तला खानुका फाइदा

 

अहिले नेपलामा सुन्तला पाक्ने समय रहेको छ । सुन्तला खाँदा जति स्वादिष्ट छ, उति नै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । सुन्तलालाई भिटामिन सीको  भरपुर पोषक तत्वको रुपमा तथा रोग निवारक क्षमता भएको एक अत्यन्त उपयोगी फल मानिन्छ । 


– सुन्तलाको सबैभन्दा ठुलो विशेषता भनेको यसका शरीर भित्र गएपछि रगतमा रोग निवारणीय कार्य प्रारम्भ हुन जान्छ । यसमा पाइने ग्लूकोज र डेक्सट्रोजको मात्राले शक्ति प्रदान गर्दछ । यसैकारण दुर्बल व्यक्तिलाई सुन्तलाको जुस खुवाउनु एकदमै फाइदाजनक हुन्छ ।


– सुन्तलामा पाइने उपयोगी तत्वहरूले शरीरमा अनेकौं रोगबाट मुक्ति दिलाउँदछ । 


– यसले बान्ता हुनबाट पनि बचाउछ । साथै मरिच र बिरेनुन मिसाएर खाएमा पेटका समस्यामा लाभदायक हुन्छ । 


– रक्तश्राव, हृदय तथा मस्तिष्कलाई आराम दिन एकदमै उपयोगी छन् । 


– कब्जियत हुँदा मरिच, बिरेनुन र भुटेको जीरा पिसेर सुन्तलाको रसमा मिलाई खानाले कब्जियत चट हुन्छ ।


– सुन्तालामा लसुन, धनिया एवं अदुवा मिसाएर चटनी खानाले पेटको रोगहरूबाट राहत पाउन सकिन्छ । 


– यसले रुघाखोकीबाट समेत बचाउँदछ । सुन्तलाको रसमा मनतातो पानी, बिरेनुन र सोफको चूर्ण मिलाएर प्रयोग गर्दा लाभदायक हुन्छ । 


– अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि, बेसार, चन्दन, बेसन तथा सुन्तलाको बोक्राको चूर्ण दुधमा मिसाएर लगाउन सकिन्छ । 
 

प्रतिकृया दिनुहोस