• शुक्रबार-बैशाख-७-२०८१

सेनाद्वारा गैंडाको खाग तस्करीको नाइके पक्राउ 

 

 

काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जमा संचालित "अपरेशन महाहण्ट-७" मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले  २०७७ माघ ४ गते गैंडाको खाग तस्करीको नाईकेको साथै खाग लुटपाटमा समेत संलग्न रहेको अभियोगमा १ जना व्यक्तिलाई पक्राउ गरी कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाले जानकारी दिएकाे छ । 


 पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर निवासी बर्ष ३२ को "तारा" भनिने बीरमान सिंह प्रजा रहेका छन् । "अपरेशन महाहण्ट-७" अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास पनि नेपाली सेनाले लिएको छ । 
 

प्रतिकृया दिनुहोस