• शनिबार-बैशाख-८-२०८१

बारम्बार शौचालय गए जरिवाना

 

हालै चीनको एक कम्पनीले यस्तो नीति बनाएको छ जसकारण कर्मचारीले शौचालय जान पनि एकपटक सोच्नुपर्ने भएको छ । दक्षिणी चीनको अम्पु इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी नामक कम्पनीको नीति यस्तै विचित्रको किसिमको रहेको छ । कम्पनीले कर्मचारीको अल्छीपना हटाउन र कार्यकुशलता सुधार गर्नका लागि एकपटकभन्दा बढी शौचालय जाँदा जरिवाना लाग्ने नीति लागू गरेको छ । यदि कर्मचारी एकपटक भन्दा बढी शौचालय गएमा २० युआन जरिवाना तिर्नुपर्ने हुन्छ । 


विगत २० तथा २१ डिसेम्बरमा कम्पनीले ७ कर्मचारीमाथि जरिवाना लगाएको थियो । शौचालय नियम तोड्ने जरिवानामाथि अहिले स्थानीय प्रशासनले पनि ध्यान दिएको छ । यस मामिलामा प्रशासनले जाँच सुरु गरेको छ । प्रशासनले यस कम्पनीले यस नीतिमा सुधार गरेर कर्मचारीमाथि लगाइएको जरिवाना नीति खारेज गर्न आग्रह गरेको छ । कम्पनीका म्यानेजर काओका अनुसार कम्पनीले यस्ता जरिवाना कम्पनीको मासिक बोनसबाट काटिएको बताएका छन् । उनका अनुसार कम्पनीले कारण कर्मचारी प्रायजसो शौचालय गएर चुरोट पिउने र यसले काममा असर पारेकाले यस्तो नीति ल्याउनु परेको बताए । 

प्रतिकृया दिनुहोस