• बिहीबार-चैत-१५-२०८०

प्रधानमन्त्री कप : विभागीय टोली आर्मी र पुलिस विजयी

 


काठमाडौँ, ७ माघ (रासस) : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नं १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।  

 

    मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ले ब्याटिङ गर्दै ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनायो । एक सय ३२ रनको विजय लक्ष्य आर्मीले २९ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३६ रनको योगदान दिनुभयो । 

 

    यस्तै भीम सार्कीले २९, राजेश पुलामीले अविजित २४ तथा लोकेश बमले १३ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभाङ्कर उरावले एक एक विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि विवेक मेहताले ५० रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बनाउनुभयो । 

 

    बलिङतर्फ आर्मीका लागि शाहव आलम एक्लैले चार विकेट लिनुभयो । यस्तै आकाश चन्दले तीन विकेट लिनुभयो । जितसँगै आर्मी तीन खेलमा ६ अङ्कका साथ सेमिफाइनल नजिक पुगेको छ । तीन खेलमा हार बेहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । 

 

    यसैगरी कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको विजय लक्ष्य पुलिसले १७ दशमलव एक ओभरमा एक विकेटको क्षतीमा पूरा ग¥यो । पुलिसका लागि सुनील धमलाले ५७ तथा कुशल भुर्तेलले अविजीत ५१ रन बनाउनुभयो । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिनुभयो । 

 

    यसअघि पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमका खड्क बोहोराले ४०, सञ्जु धाँमीले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाउनुभयो । बलिङतर्फ पुलिस क्लबका सागर ढकालल र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिनुभयो । 
 

प्रतिकृया दिनुहोस