• शुक्रबार-चैत-१६-२०८०

पर्यटन बोर्डको नियुक्तिमा चलखेल 

 

 

काठमाडौं । नेपाल पर्यटन बोर्डमा तीनजना  बोर्ड सदस्य नियुक्तिका लागि मारामार सुरु भएको खबर छ । पदीय भोकमा लागेका केही पर्यटन व्यवसायी जो व्यापार पनि छैन, त्यस्ता व्यक्तिको चलखेल भने चर्को रहेको श्रोत बताउछ । श्रोतका अनुसार २०७७ माघको पहिला साता नै उनीहरू नियुक्ति पाउने दौडमा लागेका छन् । विभिन्न नेताहरूको चाकडी र घरदैलोमा पुग्न थालेका ठमेलका व्यापारीहरू आर्थिक चलखेलबाट भएपनि नियुक्ति लिने प्रयासमा लागेको चर्चा छ । केही नाम चलेका व्यापारीमा पनि बोर्ड सदस्य बन्ने प्रयासमा रहेको पर्यटन मन्त्रालय श्रोतको दाबी छ । अहिले बोर्ड सदस्यका लागि सिर्जना राणा, सुमन पाण्डेदेखि जिम्बाजाङ्बु शेर्पासम्मको नाम  पनि चर्चामा थियाे । 

 


अन्नपूर्ण होटल बन्द गरेपछि फुर्सदमा रहेकी राणा बोर्ड सदस्य हुने प्रयासमा श्रोत बताउछ । नेपाल पर्वतारोहरण संघको अध्यक्ष समेत भइसकेका शेर्पा बोर्ड सदस्यको प्रयासमा रहेका छन् । तर, उनलाई काउन्टर गर्दै ङवाङ शेर्पा पनि प्रयासरत रहेको बुझिन्छ । सरकारले हाईप्रोफाइलका व्यापारीलाई तान्न प्रयास गरेका कारण सुमन पाण्डेको नाम पनि चर्चामा आएको छ । अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका सीएन पाण्डे पनि दौडमा रहेको बताइन्छ। तर, प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाण्डेलाई सहयोग गर्न नसकिने जवाफ दिइसकेकोचर्चा पनि चलको छ, त्यसैकारण उनी अहिले राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईमार्फत लागिपरेका छन् । अनिल लामा पनि प्रयासमा छन् ।

 


यता नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई जसरी पनि छिर्के लगाउनुपर्छ भन्ने प्रयासमा पर्यटन मन्त्रालयमा चर्चा छ । पूर्वपर्यटन मन्त्री योगेश भट्टराई निकट रेग्मीलाई काउन्टर दिनकै लागि पर्यटनमन्त्री भानुभक्त ढकाल नेकपाको पर्यटन विभाग हेर्न चन्द्र रिजाललाई बोर्डमा ल्याउन खोजेका छन् । रिजाललाई बोर्डमा ल्याएर उपाध्यक्ष बनाउने प्रयास भइरहेको श्रोत बताउछ । अहिलेसम्म उपाध्यक्ष बनेको इतिहास छैन तर बनाउन सकिने व्यवस्था भने रहेको छ । त्यसैले रेग्मीलाई काउन्टर गर्न रिजाललाई उपाध्यक्ष बनाउने प्रयास भइरहेको छ । त्यसो त, रेग्मीलाई काउन्टर गर्न अर्को प्रयास पनि भइरहेको छ ।

 

पूर्वसिईओ दीपकराज जोशीलाई मन्त्रालयले पर्यटन पुनर्उत्थान समिति बनाएर त्यसको उपाध्यक्ष बनाउनेबारे पनि छलफल भइरहेकोश्रोत बताउछ । त्यसो हुँदा, बोर्डले पुनर्उत्थानका लागि हुने प्रयास समितिले गर्ने र रेग्मी छायाँमा पर्ने मन्त्रालयको बुझाइ रहेको स्रोत बताउँछ । (२०७७ माघ ५ गते)
 

प्रतिकृया दिनुहोस