• शुक्रबार-चैत-१६-२०८०

यी हुन् जर्मनीका विचित्र कानून

 

जर्मनीको नाम सुन्ने वित्तिकै अधिकांशको दिमागमाा तानाशाह हिटलरको इतिहासको झल्को आउँछ । जर्मनी विश्वयुद्धका कारण कंगाल बनेको युरोपेली मुलुक हो । अहिले विश्वकै शक्तिशाली र समृद्ध मुलुकहरूमा गनिन्छ । जर्मनीमा केही यस्ता कानुनहरू पनि छन् जुन अचम्म पार्ने किसिमका पनि छन् । जर्मनी एउटा यस्तो मुलुक पनि हो जहाँ हाइवेहरूमा जति गतिमा पनि गाडी चलाउन पाइन्छ ।

 

गाडी कुदाउन कुनै प्रावधान नभए पनि गाडीको इन्धन बाटोमै सकिएमा अपराध मानिन्छ र जरिवाना तिर्नुपर्ने हुन्छ । यहाँका मानिसहरू फोनमा कुरा गर्दा सुरुमा आफ्नो बोलेर सुरु गर्दछन् न कि हेलो भनेर । त्यस्तै विश्वकै सबैभन्दा बढी चिडियाखाना पनि जर्मनीमै रहेका छन् । यसबाहेक सबैभन्दा अग्लो चर्च पनि यहीं छ जसलाई उल्म मिन्सटर भनिन्छ ।

 

यसको उचाई ५३० फिट रहेको छ र २ हजार मानिस आरामले एकैपटक अटाउँछन् । त्यसैगरी विश्वकै पहिलो पत्रिका सन् १६६३ मा जर्मनीमै प्रकाशित भएको थियो । जर्मनी विश्वमै बढी पुस्तक छाप्ने मुलुकहरूको सूचीमा पर्दछ । यहाँ हरेक वर्ष ९४ हजार भन्दा बढी पुस्तक छापिन्छन् । 

प्रतिकृया दिनुहोस