• शनिबार-बैशाख-१५-२०८१

सांसद किनबेच हुने स्थिति आएपछि प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल रोक्न आफूले संसद् विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । उनले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको पनि बताए ।
 

‘सांसद किनबेचको अवस्था आएपछि ताजा जनादेशमा जाने निर्णय लिएका हौं,’ प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने । 


प्रधानमन्त्री ओलीले देशमाथि सांस्कृतिकलगायतका हमला भइरहेको दाबीसमेत गरे । “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उनले भने, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”
 

फरक प्रसङ्गमा  प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।  
 

‘‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ नारा दिइएको भेलाले पत्रकार गणेश बस्नेतलाई संयोजक तोकेको छ । नेकपा एकीकृत हुँदा महेश्वर दाहाल संयोजक र बस्नेत सह–संयोजक थिए । 


  
 

प्रतिकृया दिनुहोस