• शुक्रबार-बैशाख-७-२०८१

मृत्युमा पनि सँगसँगै यो जोडी

 

७० वर्षको साथ निभाएको एक जोडी अन्ततः मृत्युको समय पनि एकआपसमा हात समाएर अस्पतालमा अन्तिम श्वास फेरेका छन् । बेलायतको पार्टिङटनका स्थायी डेरेक र मार्गरेट फिर्थ श्रीमान्, श्रीमती हुन् । यी दुईको जोडी ९१ वर्षका थिए । गतहप्ता टे«पोर्ड जनरल अस्पतालमा कोरोनाका कारण यी दुईको मृत्यु भएको छ ।

 

१४ वर्षकै उमेदेखि यो जोडी मायाप्रेममा थियो र पछि विवाह गरेका थिए । अस्पताल कर्मचारीले यो जोडीलाई एकसाथ राखेको थियो । अन्तिममा समयमा पनि एकआपसको साथ नछुटोस् भनेर अस्पतालले उनीहरूलाई आमुन्नेसामुन्ने राखेको थियो । यो जोडीको अथाह माया देखेर सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको ओइरो लागेको छ । 

प्रतिकृया दिनुहोस