• शुक्रबार-बैशाख-७-२०८१

हङकङमा बिक्यो सबैभन्दा महंगो अपार्टमेन्ट

 

हालको समयमा एसियामा महंगेमा अपार्टमेन्टहरू विक्री हुने गरेको छ । हङकङका व्यापारी भिक्टर ली को कम्पनी सीके असेट होल्डिङ्स लिमिडेटले ५८ मिलियन डलर अर्थात ६ अर्ब ८४ करोडमा बिक्री गरेको छ । २१ बोरेट रोड प्रोजेक्टमा अवस्थित यस अपार्टमेन्टलाई हङकङको व्यापारी भिक्टर लीको कम्पनीले बेचेको छ । यसलाई कसले खरिद गरेको भन्ने चाहिं खुलाइएको छैन । लक्जरी अपार्टमेन्ट्सका लागि हङकङ विश्वमै प्रसिद्ध छ ।

 

यस अपार्टमेन्टमा ५ वटा कोठा, स्वीमिङ पुल, तीन पार्किङलगायत अन्य सुविधाहरू रहेका छन् । यो अपार्टमेन्टको निर्माण ३३७८ वर्ग फिटमा गरिएको छ । यो भन्दा पहिले एक लक्जरी अपार्टमेन्ट जो माउन्ट निकलसनमा थियो, त्यो सबैभन्दा महंगो अपार्टमेन्ट थियो । सन् २०१७ मा त्यसको विक्री भएको थियो । 

प्रतिकृया दिनुहोस