• बिहीबार-चैत-१५-२०८०

चनाको पानी पिउँदा अनेक फाइदा

 

चना स्वास्थ्यका लागि हरेक तरिकले फाइदाजनक हुन्छ । भनिन्छ, दैनिक एक मुठ्ठी चना खाएमा सानातिना रोगहरूबाट बच्न सकिन्छ । चना भिजाएर चनाको पानी पिउनु पनि एकदमै फाइदाजनक मानिन्छ । यसरी भिजाइएको पानीमा प्रशस्त मात्रामा प्रोटीन, कार्बाेहाइड्रेट्स, फ्याट, फाइबर, क्याल्सियम, आइरनलगायतका कयौं भिटामिनहरू पाइने गर्दछ । 


यी हुन् चनाको पानी पिउनुका फाइदा


प्रतिरक्षा बढाउँछ : चनाले शरीरमा पोषण दिन्छ । चनामा भिटामिनका अलावा क्लोरोफिल र फोस्फोरस जस्ता खनिज पदार्थहरू पनि पाउन सकिन्छ । चना भिजाएको पानीले शरीरमा प्रतिरक्षा बढाउन मद्दत गर्दछ ।

 
पेटको समस्याबाट मुक्ति : पेटको समस्याबाट मुक्ति पाउनका लागि चनाको पानी उपयुक्त मानिन्छ । अदुवा, जिरा र नुनलाई मिसाएर कुट्ने र चनाको पानीमा मिसाएर खाँदा पाचनसम्बन्धी रोगबाट मुक्ति पाउन सकिन्छ । 


मोटोपनबाट बच्न : मोटोपनबाट बच्नका लागि पनि चनाको पानी रामवाण मानिन्छ । चनालाई भिजाएर राख्ने र कुकुरमा सिठी लगाएर पकाउने । त्यसलई छानेर पानीमा बिरेनुन, बेसार, ज्वानो र जिराको पाउडर मिलाएर पिउन सकिन्छ । यसले तपाईको पेट (बेली फ्याट बर्न गर्न) कम गर्न मद्दत गर्दछ । 


मधुमेहमा फाइदाजनक : यदि तपाई मधुमेहबाट पीडित हुनुहुन्छ भने चना पानी पिउन सुरु गर्नुस् । २५ ग्राम कालो चना राती भिजाउने र बिहान खाली पेट छानेर खाने गर्नुपर्छ । यसले ब्लड सुगर नियन्त्रित गर्दछ । यसले छिटो छिटो पिसाब लाग्ने मधुमेहको समयस्यालाई पनि कम गर्दछ । 
 

प्रतिकृया दिनुहोस