• बिहीबार-चैत-१५-२०८०

मन्त्री प्रभु साहलाई फकाउदै प्रचण्ड 

 


काठमाडौं ।  माओवादी केन्द्र छोडेर ६ जना नेता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारमा मन्त्री भएका छन् । र, पार्टी छोडेर मन्त्री हुन अर्को दलमा लागेका सांसदलाई माओवादीले अहिलेसम्म कारबाही गरेको छैन । प्रदेश सांसद भई एमालेमा लागेकाहरुलाई कारबाही गर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रमा भने निर्णय गरिसकेको छैन ।

 

अहिले पनि माओवादी मन्त्री हुन गएका केही नेताहरुलाई फकाइरहेको छ । त्यसका लागि वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाललगायतका नेताहरु सक्रिय छन् । अहिलेसम्म गतिलो संकेत भने उनीहरुलाई पाइसकेका छैनन् । तर, कैलालीबाट निर्वाचित गौरीशंकर चौधरी र रौतहटबाट निर्वाचित प्रभु साह भने माओवादी केन्द्रसँग संवादमै छन् ।  चौधरी र साहले माओवादी केन्द्रको जनमतमा पनि केही क्षति पु¥याएको आंकलन गरेर उनीहरुलाई फकाउने प्रयासमा छन् । 


  रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई भने माओवादीले खासै महत्व दिएको छैन । तर, साहका कारण रौतहटमात्र होइन, प्रदेश २ का धेरै जिल्ला प्रभावित हुनेछन् । केही प्रदेश सांसद पनि साहतिर लागेका छन् । त्यसैले माओवादीको राम्रो प्रभाव रहेको प्रदेश २ मै जनमत झनै खस्किने अवस्था आए आउँदो निर्वाचनमा झनै कमजोर हुने आंकलन गरेको माओवादीले साहलाई जुनसुकै मूल्यमा भएपनि फिर्ता ल्याउन संवाद गरिरहेको श्रोत बताउछ ।

 

तर, अहिलेसम्म साहले सकारात्मक संकेत भने गरेका छैनन् । यता,  चौधरीसँग पनि माओवादीका नेताहरु सम्पर्कमा छन् । लेखराज भट्टसंग छलफल गरेर ओलीतिर लागेका चौधरी खासमा प्रचण्डसँग थिए । संसद विघटनविरुद्धको आन्दोलनमा प्रचण्डसँगै हिंडिरहेका थिए । आन्दोलनका लागि सिंहदरबारतिर लागेका चौधरी साँझ मन्त्रीको सपथ खान पुगेका थिए । तर, पनि माओवादी चौधरीलाई फकाउने प्रयासमा रहेको श्रोत बताउछ ।
 

प्रतिकृया दिनुहोस