• शुक्रबार-बैशाख-१४-२०८१

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने


नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी  बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार (आज) उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । 


त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी  बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी  बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी  बिल विक्री गरेको थियो । 

प्रतिकृया दिनुहोस