• शनिबार-बैशाख-८-२०८१

विश्वकै लामो नङ सफाचट्

 

  विश्वकै लामो नङ बनाएर विश्व रेकर्ड कायम गरेकी महिला अयाना विलियमले नङ काटेकी छिन् । अमेरिकाको टेक्सासकी अयाना सन् २०१७ मा लामो नङ पालेर चर्चामा आएकी थिइन । सन् २०१७ मा उनले विश्वकै सबैभन्दा लामो नङ बनाएर विश्व रेकर्ड कायम गरेकी थिइन । उनको नङको लम्बाई करिब १९ फिट रहेको थियो । हालै त्यति लामो नङ काटेर उनी पुनः चर्चामा आएकी छिन् । उनले नङ काटेको भिडियो युट्युबमा शेयर पनि गरेकी थिइन । उनले करिब ३० वर्षपछि विश्व रेकर्ड राखेको आफ्नो नङ काटेकी हुन् ।

 

उनको हालै मापन गरिएको नङ २४ फिट लामो रहेको थियो । गिनिज वल्र्ड रेकर्डको वेबसाइटका अनुसार लामो नङका कारण दैनिक जीवनमा अनेकौं दुःख सामना गर्नुपरेको थियो । उनले काटेको नङ विलिभ इट अर नट म्युजियममा राखिने भएको छ । यो म्युजियम ओरलेन्डो, फ्लोरिडामा रहेको छ । गिनिज बुक अफ वल्र्ड रिकर्डले उनको तस्बिर इन्स्टाग्राममा साझा गरेको छ । 

प्रतिकृया दिनुहोस