• शुक्रबार-बैशाख-१४-२०८१

सेनाले सार्वजनिक गर्याे चैतमा आगलागी भएका तीनसय एक घटना : जाेखिम अझै कायम 


काठमाडाैं । २०७७ फागुन र चैत महिनाभर आगलागीका कारण देशैभर घटना घटेका छन् । २०७७ चैत महिनामा मात्रै   सातै प्रदेशमा ३०१  घटना घटेका र सातै प्रदेशका जनात अग्नि पीडित भएकाे विवरण नेपाली सेनाले सार्वजनिक गरेकाे छ ।  

 

३०१  आगलागीका  घटना मध्ये १ नम्बर प्रदेश (पूर्वी पृतना) ४८  आगलागीका घटना घटेकाे विवरण सार्वजनिक भएका छन्र । त्यसैगरी मध्ये पूर्वी पृतना(प्रदेश २) १८   आगलागीका घटना घटेका छन् । त्यस्तै मध्य पृतना अन्तरगत पनि ४८  आगलागीका घटना घटेका थिए  । त्यसैगरी  उपत्यका पृतना अन्तरगत २५  आगलागीका घटना घटेका छन्  । 


आगलागीका घटना घटेका अन्य पृतनाहरूमा पश्चिम पृतना ३०, मध्य पश्चिम पृतनामा (लुम्बिनी प्रदेश)  अन्तरगत ५१,  उत्तर पश्चिम पृतना(कर्णाली प्रदेश) अन्तरगतमा चाहिं सबैभन्दा अधिक ५९  आगलागीका घटना घटेका छन् ।

 

याे प्रदेशमा बर्दिया, बाँके, जारकाेट, सुर्खेत, दैलेख र जुम्ला जिल्लामा आगलागीका घटना घटेका थिए । त्यसैगरी सुदूर पश्चिम पृतना(सुदूर पश्चिम प्रदेश) अन्तरगत २२ वटा आगलागीका घटना घटेका थिए । यी सबै पृतनाअन्तरगत घटेका आगलागीका घटनाहरू एक महिनाकाे मात्रै ३०१ घटना घटेका हुन् ।  


 
२०७७ चैत महिनामा भएका ३०१ आगलागीका घटनाहरू  सार्वजिनक भएका हुन् । यी सबै आगलागीका घटनाहरू नियन्त्रणमा लिनका लागि  जाेखिम माेलेरै  नेपाली सेनाले मुख्य भूमिकामा रहेर काम गरेकाे थियाे । चैत महिनामा मात्रै हाेइन  २०७८ वैशाख  महिनामा पनि आगलागीको जोखिम उच्च रहेकोले सबैले सावधानी अपनाउन नेपाली सेनाले आव्हान गरेकाे छ । 

प्रतिकृया दिनुहोस