• बिहीबार-बैशाख-६-२०८१

नेपाल सुपर लिग : ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

 


काठमाडौँ, २३ वैशाख (रासस) । नेपाल सुपर लिगअन्तर्गत वैशाख २३ गते सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।

May be an image of 11 people and people standing

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ ।

 

ललितपुरका लागि खेलको छैटाैं मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गर्नुभयो । खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

 

मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।


ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ ।

 

अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गर्नुभयो । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो । उक्त गोल विदेशी  एडिलाजाले गर्नुभएको हो । खेलको २५ औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंँका गोलकिपर विकेश कुथुले बचाउनुभयो ।

 

खेलको ३४ औँ  मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गर्नुभयो । खेलको ३५ औंँ मिनेटमा काठमाडौंँका लागि विदेशी मेसुकेले पहिलो गोल गर्नुभयो । लगत्तै उहाँले नै दोस्रो गोल गर्नुभयो । खेलको ४१ औंँ मिनेटमा काठमाडौंँका लागि स्टेफेन विनोङले तेस्रो गोल गर्नुभयो ।


मध्यान्तरपछिको खेलमा काठमाडाैं का लागि ६७ औंँ मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गर्नुभयो । खेलको ७९ आँैं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गर्नुभयो । यस्तै खेलको ८२ औंँ मिनेटमा काठमाडौंँका लागि छिरिङ गुरुङले पाँचौँ गोल गर्नुभयो । खेलको इञ्जुरी समयमा  माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पु¥याउनुभयो । जीतसँगै काठमाडौंँ पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
---

 

प्रतिकृया दिनुहोस