खोप लिन लाइनमा बस्दा उल्टै सर्यो कोरोना : पुरुषोत्तम मानन्धर
(कोरोनाले अहिले जताततै हल्लाएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्तासुकैलाई पनि यसले दुःख दिएको छ । सरकारले लगाएका नियम सरकारी तहमै पालना नभएपछि यसले पक्कै गा¥हो भएको छ । निषेधाज्ञा लागेपछि घरमै थन्किएर बसेका सडक पाइलट पुरुषोत्तम मानन्धरको ब्यथा फरक छ । उनी अहिले आइसोलेसनमा बसेका छन् । हुनत उनी सानातिना कुरामा चिन्ता लिन्नन् । तर कोरोनाले गर्दा भने उनलाई चिन्तामै पारेको छ । बा २ ख ३५२० नम्बरको मिनिबसका स्वरोजगार मानन्धर नियमित जीवनको गाडी गुडाइरहेका छन् । उनको हरेक कामको तालिका छ । त्यही तालिकाले उनलाई खुशी दिलाएको छ । आखिर के हो त्यो जीवनको मन्त्र ? ४० वर्षे भक्तपुरको मध्यपुरका रैथाने मानन्धरले साँघु प्रतिनिधिसँग यसरी खोलेका छन् आफ्ने जीवनको डायरी–सम्पादक)
० के गरिहनु भएको छ अहिले ?
–के गर्नु नि गाडी चलाउन पाइएन । रोपाइँ पो गरिरहेको छु ।
० जग्गा टन्नै छ कि क्या हो ?
–के टन्नै हुनु । १२–१३ आना जति रोपाइँ छ हाम्रो ।
० गाडी चलाउन अब कहिले पाउने हो ?
–यही असार ८ गतेदेखि जोर बिजोरको कुरा आइरहेको छ । अब हुन्छ कि हुँदैन ।
० निषेधाज्ञाभर के गर्नुभयो ?
–निषेधाज्ञा लागेको छ । गाडी चलाउने कुरा भएन घरमै छु । अहिले त बाहिर जाने अवस्थामा पनि छैन ।
० किन नि ?
–दाजुलाई कोरोना पोजेटिभ देखियो । त्यसपछि त म पनि आइसोलेसनमै बसेँ ।
० कसरी सरेछ दाइलाई ?
–कोरोनाको खोप लगाउन जानु भएको थियो । लाइन लामो थियो रे । अनि त्यहीँबाट सरेछ ।
० कहाँ लगाउनु भएको खोप ?
–यहीँ भक्तपुरको कोरियन हस्पिटलमा । निकै लामो लाइन थियो रे । खोप लगाएर आउनु भयो । तीन जनासँगै जानु भएको थियो । अरु दुई जनालाई पनि ज्वरो त आएछ । तर निको भयो । दाजुलाई ज्वरो नबसेपछि पीसीआर गरेको थियो । पोजेटिभ देखियो ।
० घरमा कुनै समस्या छैन ?
–घरका सबै आइसोलेसनमा बस्नुभयो । अरुलाई सिम्टम्स देखिएन । दाजुको पनि सामान्य पोजेटिभ हो रे । सिटी भ्यालु कम छ भन्थे रे डाक्टरले । हामीलाई पनि ठीकै छ ।
० गाडी चलाउन त ठप्प भयो । अब पुराना कुरातिर लागौं । गाडीलाइनमा आएको कति भयो ?
–भयो १५ वर्ष ।
० त्यसभन्दा अगाडि के गर्नुभयो ?
–घरकै काम गर्थें ।
० कति पढेर छोडियो ?
–७ कक्षामात्र पढेर छोडियो । कामकै कारण छाडेको ।
० अहिले पछुतो लाग्दैन ?
–लाग्दैन । म पढाइमा कमजोर नै थिएँ । फेरि चिन्ता लिएर फाइदा नहुने कुरामा के पछुताउनु । असन्तुष्ट हुने कुरा मात्रै भयो ।
० गाडीलाइनमा शुरुमा के गर्नुभयो ?
–दाइको गाडी थियो । सिक्न सजिलो भयो ।
० ढोकामा बस्नुप¥यो ?
–परेन । कहिलेकाहिँ खलासी नआउँदा बस्ने कुरा अलग । नत्र परेन ।
० के चलाउनुभयो पहिले ?
–मैले लगनखेल रत्नपार्कको १४ नम्बरको माइक्रो चलाएँ एक वर्ष ।
० त्यसपछि नि?
–त्यसपछि यही मिनिबस चलाएँ । यही नै छ । आफ्नै हो । यो चलाएकै १४ वर्ष भयो ।
० अनि खोइ त खलासी ?
–खलासी नराखेको ६ वर्ष भयो । राख्न खोज्यो राम्रो नपाउने । पायो दुःख दिने । पैसा चोरेर खाइदिने । हैरान भएर राख्नै छाडेंँ ।
० कमाई कस्तो छ ?
–आफूलाई राम्रोसँग पुग्छ ।
० अहिले कस्तो छ गाडीलाइन ?
–अहिले त बर्बाद छ । पहिले राम्रो थियो ।
० लकडाउनमा के गर्नुभयो ?
–घरमै बसियो । अलिअलि खेतीपाती गरियो । मैले ७ महिना गाडी चलाइन ।
० समस्या के छ नि ?
–बाटो अति नै जाम । ट्राफिक प्रहरी यही त हो नि । ट्राफिक प्रहरीले त देख्यो कि ‘ए ड्राइभर † भनिहाल्छ । चिट काटिहाल्छ । हामी पनि ट्राफिक नियम पालना गर्न सक्दैनौं । यस्तै छ ।
० सम्मान छ कि छैन ?
–कसले गर्ने सम्मान । एकपटक समितिले भने गरेको थियो । यात्रुले त आफू पनि नराम्रो नबोल्ने भएकाले होला राम्रै छ भन्नुप¥यो ।
० कस्तो छ नि ड्राइभरको जिन्दगी ?
–रमाइलो नै छ । जहाँ पनि घुम्न पाइन्छ । मिठोमिठो खान पाइन्छ । अलिकति दुःख भने गर्नुपर्छ । बिहान ५ देखि राति ८ बजेसम्म खटिनु पर्छ । ठीकै छ । रिजर्भ जाँदा अझ बढी माइन्ड फ्रेस हुन्छ ।
० आफै साहु भएपछि त सँधैभर चलाउने होला हैन ?
–हैन । म त हरेक शनिबार छुट्टि बस्छु । बाहिर रिजर्भ नपरे परिवारसँगै रमाउँछु शनिबार । एउटा छोरा, एउटी छोरी छ । शनिबार भाले काटेर खान्छौं । कहिलेकाहिँ पिकनिक पनि जान्छौं । परिवारसँग रमाइलो गरिन्छ शनिबार । शनिबारको दिन परिवारसँग रमाइलो । जिन्दगीमा रमाइलो गर्नुपर्छ ।
० भोलिको सोच के छ नि ?
–अब पाँच वर्ष गाडी चलाउने हो । त्यसपछि अरु कुनै व्यवसाय गर्नुपर्ला । ब्यापार नै गरिन्छ कि । खेतीपाती पनि गर्न सकिन्छ ।
० दुर्घटनामा पर्नुभएको छ कि छैन ?
–अहिलेसम्म परेको छैन ।
० किन हुन्छ दुर्घटना ?
–लापरवाहीले । ओभर कन्फिडेन्ट भएर पनि हुन्छ ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
–म मापसे गरेर गाडी नचलाउन आग्रह गर्छु सबैलाई ।
० अहिले पनि मापसे छ र ?
–छ नि । पहिलेको तुलनामा त कमै हो तर ठूला गाडीमा अहिले पनि मापसे चेकिङ हुँदैन । त्यसैले ढुक्क भएर खाएको पाइन्छ । त्यसो नगरौं भन्न चाहन्छु ।

प्रतिकृया दिनुहोस