• बिहीबार-बैशाख-१३-२०८१

विभिन्न ११ संवैधानिक निकायमा पदाधिकारी नियुक्त 

 

काठमाडौं । लोक सेवा आयोगसहित विभिन्न ११ संवैधानिक निकायमा पदाधिकारी नियुक्त भएका छन् । 

 

संवैधानिक परिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति भण्डारीले विभिन्न ११ निकायमा २० पदाधिकारी नियुक्त गरेकी हुन् । 

 

नियुक्त हुनेहरूमा लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी छन् । योसँगै लामो समयदेखि रिक्त लोक सेवा आयोगले पूर्णता पाएको छ । पदाधिकारी नहुँदा लामो समयदेखि कर्मचारीहरूको बढुवालगायत कार्य प्रभावित हुँदै आएका थिए । 

 

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग, समावेशी आयोगलगायतमा पनि पदाधिकारी नियुक्त भएका छन् । 

 


संवैधानिक परिषद्ले गत वैशाख २६ गते विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी सिफारिस गरेको थियो । संविधानतः परिषद्ले सिफारिस गरेका व्यक्तिबारे संसदीय सुनुवाइ हुने र त्यहाँबाट अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । तर प्रतिनिधिसभा विघटनको कारण देखाउँदै उनीहरूलाई सीधै नियुक्ति दिइएको छ । 

प्रतिकृया दिनुहोस