• शनिबार-बैशाख-१५-२०८१

४ अनलाइन कालोसूचीमा, ८ वटालाई ध्यानाकर्षण

काठमाडौं । ४ वटा अनलाइन न्युज पोर्टनललाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेको छ । आचारसंहिता उल्लंघन गर्न पटकपटक प्रेस काउन्सिल नेपालले गरेको आग्रह अटेरी गर्ने ४ अनलाइनलाई कालोसूचीमा राखिएको हो । 

 

इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोटीपाटी डटकमले आचारसंहिता पालना गर्न गरेको आग्रह अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ । 

 

यीमध्ये इहिमालयटाइम्स नियमानुसार दर्ता र सूचीकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जनाएका छन् । 

 

त्यसैगरी काउन्सिलले ८ न्युज पोर्टललाई ध्यानाकर्षण र ४ वटालाई सचेत गराएको छ । जसमा देशसञ्चार डटकमसमेत छ । अनलाइन न्युज पोर्टल मात्र होइन एक सञ्चारकर्मी र एक विज्ञलाई पनि पछिल्लो १५ दिनको अवधिमा सचेत गराइएको काउन्सिलले जनाएको छ । 

प्रतिकृया दिनुहोस