• शनिबार-बैशाख-८-२०८१

सेनाबाट बाढी पहिरो पीडितहरुका लागि मेडिकल क्याम्प सञ्चालन तथा उद्धार


काठमाडाैं । अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्‍न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरेर  मेडिकल क्याम्प तथा उद्धार कार्यहरुका साथै तात्कालीन अवस्थामा राहत समेत वितरण र संचालन गरिएको छ ।


हाल नेपाली सेनाकाे सक्रियतामा बाढी पहिरो र डुबानहरुबाट प्रभावित जनताकाे उद्धार गरिएकाे विवरण प्राप्त भएकाे छ ।


 जसमा (क सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्‍न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्य अनुरुप बागमती प्रदेश सरकारको र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले चनौटे ईलाकामा र ईचोक महानकाल ईलाकामा मिति २०७८/०३/०९ र १० गते मेडिकल क्याम्प संचालन गरेको छ । उक्त दुईदिने मेडिकल क्याम्पबाट करिब १६५ जना बाढी पीडित व्यक्तिहरुलाई चेकजांच गरी औषधि वितरण गरेको थियो ।


(ख)    मिति २०७८/०३/०९ गते सिन्धुपाल्चोक जिल्लाको चामे गाउँपालिका - ३, चामेस्थित घट्टे खोलाको पुल र स्थानीय आवत/जावत गर्ने बाटो मरामत कार्य गर्नुका साथै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका - ७, सातमोड ईलाकामा अवरुद्ध रहेको गमगढी-नाग्मा सडक खण्ड खुलाउने कार्यमा नेपाली सेनाको उद्धार टोलीले सहयोग गरेको छ ।


(ग)    मिति २०७८/०३/०९ गते मनाङ जिल्लाको नयाँ बजार र चामे बजार जोड्ने चामे गाउँपालिका - ३ स्थित घट्टे खोलाले पुल बगाए पश्‍चात नेपाल प्रहरीको सहकार्यमा नेपाली सेनाले पक्‍की काठे पुल निर्माण सम्पन्‍न गरी जोखिमपूर्ण आवत/जावतमा सहजीकरण गरिएको सेनाले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस