• बिहीबार-बैशाख-१३-२०८१

पर्वतारोहणकाे सुरक्षामा राष्ट्रिय सुरक्षा परिषद् काे ध्यान


काठमाडाैं । २०७८ आषाढ १३ गतेदेखि असार  १४ गतेसम्म  राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा “नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरु बिच समन्वयका क्षेत्रहरु” विषयक दुई दिने वेबिनार (Webinar) कार्यक्रम सञ्‍चालन हुने भएको छ ।


 नेपाली सेनाका अनुसार, प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा Virtual मिटिङ्ग मार्फत समुद्‍घाटन तथा सञ्‍चालन हुने उक्त दुई दिने वेबिनार (Webinar) ले पर्वतारोहण र वातावरण व्यवस्थापनमा प्रविधिको प्रयोग लगायत सम्बन्धित निकायहरु बिच समन्वयका क्षेत्रहरुलाई पहिचान गर्ने तथा प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।


  नेपालको हिमाली पर्यावरणको संरक्षण र पर्वतारोहणमा सुरक्षा र ब्यवस्थापनका वर्तमान र भावी समस्या तथा चुनौती एवं समाधानका विकल्पहरुमा विषय विज्ञहरुको प्रस्तुतीकरण रहने उक्त वेबिनार (Webinar) मा सरोकारवाला मन्त्रालयहरु/निकायहरु र सम्बन्धित विज्ञहरुको उपस्थिति रहने छ भने रक्षा सचिवज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयका संयोजक/सह-संयोजकबाट समापन गर्ने योजना रहेको जानकारी हुन दिइएकाे छ  ।

 

प्रतिकृया दिनुहोस