• शुक्रबार-चैत-१६-२०८०

बूढानीलकण्ठमा कोरोना : निको हुने दर ९३.१४ प्रतिशत 

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको कोरोना संक्रमितको निको हुने दर ९३.१४ प्रतिशत देखिएको छ । मृत्युदर भने १.०९ प्रतिशतमा सीमित छ । 

 

 नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, हालसम्म यो नगरपालिका क्षेत्रमा २ हजार ५६५ जना कोरोना संक्रमित भएकोमा २ हजार ३८९ जना संक्रमणमुक्त भइसकेका छन् । अब यो नगरपालिकामा मात्रै १४८ जना सक्रिय संक्रमित छन् । बिहीबार मात्रै २० संक्रमित थपिँदा ४३ ले स्वास्थ्यलाभ गरे ।

 

सक्रिय संक्रमितमध्ये ११९ होम आइसोलेसनमा बसेर उपचाररत छन् । २९ जना भने विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाले जनाएको छ । 

 

त्यस्तै कोरोना भाइरसबाट हालसम्म नगरपालिका क्षेत्रमा २८ जनाको मृत्यु भएको छ । यो संख्या कुल संक्रमितको १.०९ प्रतिशत हुन आउँछ । 
 

प्रतिकृया दिनुहोस