• शुक्रबार-बैशाख-७-२०८१

सडकको सरुवामा ठूलो अन्याय : दुई अर्वको नोक्सानीले हल्ली खल्ली !!


काठमाडौं । २०७८ जेठ २५ गतेबाट शुरु भएको मनसुनका कारण राष्ट्रिय राजमार्गहरुमा बाढी, पहिरोलगायत विभिन्न कारणले गर्दा एक महिनाको अवधिमा २५ वटा भन्दा बढी पुलमा क्षति पुगेको छ । जसका कारण १ अर्व ७५ करोड नोक्सानी भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले अनुमान गरे भन्दा विपरीत यसरी क्षति हुनुको कारणबारे मन्त्रालय र विभाग भने मौन छ ।


वर्षातका कारण काठको ३ वटा पुल, बेली ब्रिज १, २ वटा आरसीसी कल्भर्ट, ८ वटा आरसीसी पुल , ७ वटा निर्माणाधिन आरसीसी पुल र एप्रोच सडकमा ४ वटा आरसीसी पुलको क्षति भएको खबर छ । जसको कुल लागत ७५ करोड भन्दा रहेको विभाग श्रोत बताउँछ


 यसैगरी वर्षातका कारण यातयात अवरुद्द भएका राजमार्ग र सडकहरुको संख्या २८ रहेको छ । यद्यपि ती कतिपय सडकहरु अहिले संचालमा आइसकेका छन । कतिपय सडक निर्माण गर्ने काम चलिरहेको छ । यसमा १ अर्व भन्दा बढी नोक्सानी भिगागले बेहोर्नुपरेको छ ।

सडक निर्माण गर्दा नै व्यक्तिगत स्वार्थका कारण गुणस्तर नहेर्ने कमी कमजोरी रहने गरेकोले हरेक साल विभागले यस्तो नोक्सानी बेहोर्देै आएको छ । विभागको नेतृत्वकर्ताहरुले यस्ता सामान्य बिषयमा समयमा ध्यान नदिएको कारण यस्ता समस्याहरु वर्षेनी आउने गरेको बताइन्छ ।


 महानिर्देशक अर्जुन जंग थापाले पुल महाशाखा प्रमुखको जिम्मेवारी पनि बहन गरिसकेका हुन् । २०७७ फागुन ३ गते सह–सचिव अर्जुनजंग थापा सडक विभागमा महानिर्देशक बनेर आएका थिए । तर सडक र पुल बलियो र संधैका लागि बन्यो भने  सडक विभागको भूमिका कमजोर हुने ठानिने गरेको महसुस हुन्छ । यही कुरा बुझेर पौने रु. २ अर्व नोक्सानी हु“दा पनि डीजी थापा आफू पानी माथिको ओभानो बनेर बाढी पहिरोलाई दोष दिएर उम्किने कोसिस गरेको त होइन भन्ने प्रश्न उठको छ ।


ज्ञवालीको सत्तो सराप


२०७८ असार २८ गतेको साँघु साप्ताहिकमा मन्त्रालय र विभागले गरेको बेतिथिको बारेमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समाचारका कारण मन्त्रालय र सडक विभागमा हल्लीखल्ली मच्चिएको बताइन्छ । मन्त्रालयक प्रशासन महाशाखा प्रमुख देवीप्रसाद ज्ञवाली साँघुमा प्रकाशित समाचारबाट बढी आक्रोसित बनेको खबर छ ।

मन्त्रालयले २०७८ असार २० र २४ गते सडक आयोजना प्रमुख र डि.ईको सरुवा गरेको थियो । आर्थिक मसान्त सकिन लागेको समयमा उनीहरुको सरुवा जायज नभएको र सरुवामा लेनदेन भएको हुनसक्ने विषय प्रकाशित समाचारमा जनाइएको थियो ।


सरुवाको नियत के हो–लम्साल


२०७८ असार २४ गते मन्त्रालयले सडक डिभिजन बागलुङ र बेनी– जोमसोम– कोरला सडकको जिम्मेवारी लिएका डि.ई. रामेश्वर लम्साललाई विभागमा तान्ने निर्णय गरियो । मन्त्रालयको यो निर्णयबाट दुखित हु“दै लम्सालले यस्तो दुखेसो पोखेका छन– ‘जसले पहिरो आउने दुुर्गमको पहाडमा ज्यानको जोखिम मोलेर यातायात संचालन गर्न कठोर मेहनत ग¥यो, जसले योजनाका निर्माण कार्यहरुलाई अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई घचघच्याई रह्यो, जसले निर्माण व्यवसायीलाई घचघच्याएर लेते देखि जोमसोमसम्म कालोपत्रे गर्ने कार्यलाई द्रुुतगतिमा अगाडि बढाउँदै लग्यो ।


त्यस्तो व्यक्तिलाई पुरस्कार स्वरुप आर्थिक वर्षको अन्त्य हुने ठिक ७ दिन अगाडि सरुवाको निर्णय गरि अर्को व्यक्तिबाट खाता संचालन गर्ने अधिकार दिईन्छ । योभन्दा बेथितिको पराकाष्ठ अरु के हुुन सक्छ ? पुरस्कार र दण्डको अवधारण भनेको यही हो ? अनि काम गर्न चाहनेहरुले कुन मनोबलले काम  गर्ने र व्यवस्थापकको मनोबल कसरी बढ्न सक्छ ?


आक्रोसित हु“दै यस्तो गम्भीर प्श्न उठाउने व्यक्ति व्यक्ति हुन सडक डिभिजन बागलुङ र बेनी– जोमसोम– कोरला सडकको जिम्मेवारी लिएका डि.ई. रामेश्वर लम्साल ।

यस्ता खराब नियत राखेर गरिने निर्णयहरु गर्दा सम्बन्धित निकायले विचार पु¥याउन सकोस् भन्ने उद्देश्यले सार्वजनिक मिडियाबाट ध्यानाकर्षण गराउन खोजेका छौं ।


लम्साललाई जिम्मेबारीबाट हटाएपछि सडक निरन्तर रुपमा अवरुद्ध भएको र सडक संचालन गर्नेतर्फ निर्माण व्यवसायीहरुले चासो नदेखाएको कुरा समेत सुन्नमा आएको छ । ‘के यो सरुवा यात्रुुहरुले दुःख पाउन भनेर गरिएको हो  ? यो सरुवा सम्बन्धित निकायले अविलम्ब बदर गरोस भन्ने पनि हाम्रो आशय हो ।’

 

 

प्रतिकृया दिनुहोस