रूपचन्द्र बिष्टका भाइ भन्छन्– पुरुष–महिला स्वतन्त्र हुने हो भने विवाह खारेज हुनुपर्छ
राजनीतिमा अहिलेजस्तो निर्लज्जपन कहिल्यै आएको थिएन
(अक्सर मानिसका पहिचान र परिचयमा विविधता हुँदैन । तर गुणचन्द्र बिष्ट त्यस्ता व्यक्ति हुन्, जसका अलग–अलग परिचय र पहिचान छन् । उनी व्यवसायमा गुणचन्द्र बिष्ट र अध्यात्ममा स्वामी कृष्णानन्द भारतीका नामले परिचित छन् । गृहस्थ जीवनबाट सन्यास लिएका उनी सफलतापूर्वक आफ्नो व्यवसाय अगाडि बढाइरहेका छन् । उनै बिष्टसँग अध्यात्म, व्यवसाय र राजनीतिक विषयमा केन्द्रित रहेर साँघु प्रतिनिधि सुयोग शर्माले गरेको भलाकुसारी : सम्पादक)
० व्यापार–व्यवसाय गरिरहेको मान्छेमा हठात् सांसारिक जीवनप्रतिको मोह किन म¥यो ?
–सन्यासी जीवन लिएकाले व्यापार–व्यवसाय गर्न हुँदैन । मागेर खानुपर्छ भन्ने मान्यता छ । कुनै जमानामा मागेर हिँड्नेलाई सम्मान र श्रद्धा गरिन्थ्यो । चरम भौतिक वृद्धिले मागेर खाने जमाना रहेन । यही कारण ओशोले नवसन्यासको अवधारणा ल्याउनु भयो । त्यसले मलाई आकर्षित ग¥यो ।
० जीवनमा घटित कुनै घटनापछि मानिसहरूले धार नै बदलेको पाइन्छ । तपाईंको जीवनमा पनि कुनै त्यस्तो इन्सिडेन्ट भएको थियो कि ?
–करिब १५ वर्षको उमेरदेखि नै म साधनामा आकर्षित थिएँ । यसमा सबैभन्दा ठूलो योगदान मेरो बुवाको रह्यो । साधु–सन्तसँग भेट गर्न थालेपछि यसप्रतिको मोह अझै बढ्यो । यही क्रममा मेरो हातमा ओशोको पुस्तक प¥यो । सँगै प्रवचन सुन्ने अवसर जु¥यो । ओशोका पुस्तक र प्रवचन सुनेपछि मलाई लाग्यो–सही बाटो त यो पो रहेछ ।
० यस्तो रियलाइजेसनपछि यो यात्रा कसरी अघि बढ्यो त ?
–त्यसपछि म भारतको पुना गएँ । सन्यास लिएँ । जति बेला म २४ वर्षको मात्र थिएँ । यसपछि मेरो परिचय बदलियो । गुणचन्द्र बिष्टबाट म स्वामी कृष्णानन्द भारती भएँ । ओशोको आश्रम र कम्युनमा म १२ लगातार वर्ष बसेँ ।
० १२ वर्षपछि किन फर्कियो त खोलो ?
–मेरो बुवाले पनि मसँगै सन्यास लिनु भएको थियो । हामी कम्युनमा सँगै रह्यौं । उमेर धेरै भइसकेको र ओशोको शरीरले छाडेकाले बुवा पुनामा बस्न मान्नु भएन । त्यसपछि म उहाँसँगै नेपाल प्रवेश गरेको हुँ । यता आएपछि पनि म निरन्तर साधनामा छु । साधना त दिन–रात गरिँदैन । त्यसैले समाजमा केही योगदान गरौं र जीविकोपार्जन पनि गरौं भनेर व्यवसाय पनि सञ्चालन गरिरहेको छु । कसैमा आश्रित रहनु नपरोस् भनेर आफ्नै व्यवसाय गरेको हुँ । जीवन ‘स्टाटिस्टिक’ होइन, ‘डाइनामिक’ हो । अध्यात्म भनेको त झन् ‘मस्ट डाइनामिक’ हो । एउटा मान्यता स्थापित भइसकेपछि त्यसैमा बसिराख्नु पर्छ भन्ने छैन ।
यदि हामी पूर्वमा जाने हो भने सन्यास भनेको गृहस्थजस्तै हुन्थ्यो । विवाह हुन्थ्यो, बालबच्चा जन्मन्थे । त्यसैले हामी ऋषिपत्नी, ऋषिपुत्र भन्छौं । त्यसमा विकृति आएपछि गौतम बुद्धले नै भिक्षु भनेर नामाकरण गरिदिनुभयो । भिक्षुले विवाह गर्न नहुने नयाँ परम्परा आयो । त्यसपछि झण्डै १३०० वर्षअघि आदि जगत् गुरु शंकराचार्यले सन्यास भनेर सुरु गर्नुभयो । त्यो पनि झण्डै बुद्धिज्मजस्तै हो तर त्यसमा स्वामी नाम लेखेर १० किसिमका पद दिइयो । सन् १९७० मा आएर ओशोले यसमा केही सुधार गर्नुभयो र नवसन्यास भन्ने अवधारणा ल्याउनु भयो ।
० सन्यास र नवसन्यासमा के फरक छ ?
–यसमा केही कुरामा समानता छ । केहीचाहिँ फरक छन् । सन्यासमा माग्दै खाने गरिन्छ । यो पूरै परनिर्भर हुन्छ । तर नवसन्यासमा आत्मनिर्भर हुनुपर्छ । समाजका लागि पनि योगदान दिनुपर्छ ।
० गुणचन्द्र बिष्ट र स्वामी कृष्णानन्द भारतबीच कत्तिको द्वन्द्व हुन्छ ?
–हुँदैन । गुणचन्द्र बिष्ट मेरो कानूनी नाम हो । मेरो नागरिकता, पासपोर्टलगायतका कागजातमा यो नाम छ । सन्यास लिइसकेपछि ओशोले तेरो पुनर्जन्म भयो भनेर स्वामी कृष्णानन्द भारती नाम दिनुभयो । म न गुणचन्द्र बिष्ट हुँ न स्वामी कृष्णानन्द भारती । को हुँ भनेर खोज्ने काम गरिरहेको छु ।
० ‘म’ को हुँ भनेर खोज्ने तपाईंको प्रयास सार्थक बिन्दुमा पुगिसक्यो कि जारी छ ?
–यो समाजको दौड तीनवटा ‘प’ पद, प्रतिष्ठा र पैसाका निम्ति छ । दौडमा सहभागी हुँदा पनि मानिसलाई यीमध्ये कुनै एक प्राप्त गर्न मुस्किल पर्छ । यो प्राप्त गरेर पनि केही हुनेवाला छैन । बाह्य दुनियाँ खोजिरहेका हाम्रा लागि अन्तर दुनियाँको खोजी त्यति सहज छैन । यो छोटो अवधिमा प्राप्त गर्ने चिज होइन । साधना गर्दै गएपछि मात्र यो प्राप्त हुन्छ । अर्थात् ‘म’ को खोजी सहज कर्म होइन । यो जटिल हुन्छ ।
० व्यावसायिक क्षेत्र र अध्यात्मिक पाटो दुवैमा तपाईं सफल हुनुहुन्छ । यसको सूत्रचाहिँ के हो ?
–जोर्बा द ग्रिक भन्ने एउटा नोबल छ । त्यसका पात्र आँटिला, करेजियस, मेहनती र न्यायिक छन् । ओशोले आफ्ना सन्यासी जोर्बाजस्तै सांसारिक र बुद्धजस्तै आँखा चिम्लिएर ध्यान गर्ने हुनुपर्छ भनेर परिकल्पना गर्नु भएको छ । अर्को शब्दमा भन्दा अध्यात्म र सांसारिक जीवनको फ्युजन ओशोका सन्यासीमा हुनुपर्छ । त्यसैअनुरूप जिउने प्रयास अहिले गरिरहेको छु ।
० गुणचन्द्र बिष्ट र स्वामी कृष्णानन्द भारतीमध्ये तपाईंलाई कुन प्रिय लाग्छ ?
–मलाई त्यस्तो केही लाग्दैन । परिचय दिँदा म दुवै नामबाट दिन्छु । धेरैलाई स्वामीजी भन्न सजिलो हुने भएकाले त्यही भनेर बोलाउनु हुन्छ । कानूनी दृष्टिले बोलाउनु परे गुणचन्द्र बिष्ट भन्नुहुन्छ ।
० विवाहबारे तपाईंको धारणा के हो ?
–उहिले महिलालाई दासी ठानिन्थ्यो । आजको शिक्षा, आर्थिक व्यवस्थाले त्यसलाई राम्रो मान्दैन । अर्को कुरा, कुनै पनि व्यक्तिले दाससँग संगत गर्न हुुँदैन । फ्रेन्डली संगत गर्नुपर्छ । विवाहमा त्यो सम्भव हुँदैन । यदि पुरुष–महिला स्वतन्त्र हुन चाहन्छन् भने विवाह भन्ने चिज नै खारेज हुनुपर्छ ।
० यो सृष्टिलाई पनि निरन्तरता दिनुपर्ला । विवाह नै नगरेपछि त्यो कसरी सम्भव होला र ?
–बच्चा जन्माउन विवाह गर्नैपर्छ भन्ने छैन । विवाह नगरी पनि बच्चा जन्माउन सकिन्छ । विवाह नगरी बच्चा जन्माउन मन छ भनेर अहिले केही महिलाले बहस नै छेड्न थालिसकेका छन् । विवाह बन्धन रहेको कुरा हाम्रो समाजले समेत स्वीकार गरिसकेकाले यसमा किन बस्ने ? हरेक बन्धनलाई तोड्दै अघि बढ्नु पर्छ ।
० विवाह बन्धनमा नबाधिईकन महिला–पुरुष सम्बन्धमा बस्न उपयुक्त हुन्छ भन्ने तपाईंको आशय हो ?
–अहिलेको सामाजिक परिवेश बदलिसकेको छ । मन लागुन्जेल सँगै बस्ने, नलागे अलग हुन सकिन्छ । स्वतन्त्र हुनका लागि ‘कस्ट’ चाहिँ महँगो छ । निर्वन्धनमा बढी सुरक्षित भइन्छ । यसका लागि आँट र फरक मत राख्ने हुनुपर्छ । महिलालाई सजिलो नभए पनि उनीहरू खुल्न थालेका छन् । कानूनले पनि अहिले महिलालाई विवाह नगरी बच्चा जन्माउन सहज बनाइदिएको छ ।
० तपाईं पनि स्वतन्त्र सम्बन्धमा हुनुहुन्छ हो ?
–हो, म स्वतन्त्र सम्बन्धमा छु । म कहिल्यै कसैको बिहेवारीमा जान्नँ । मेरो सोच जे हो त्यहीअनुसार जीवन ज्यूनु पर्छ । स्वतन्त्रमा जाने हो भने विवाह गर्न हुँदैन । यसलाई खारेज गर्नुपर्छ ।
० प्रसंग बदलौं । देशको राजनीतिलाई पनि तपाईंले नजिकबाट नियालिरहनु भएको छ । धेरै नेतासँग तपाईंको सम्बन्ध पनि छ । देशको राजनीतिले अहिले सही ट्रयाक समातिरहेको छ ?
–मैले थाहा पाएदेखि देशको राजनीतिमा अहिलेजस्तो निर्लज्जपन कहिल्यै आएको थिएन । राजनीति आम अपेक्षाविपरीत अघि बढिरहेको छ ।
० किन यस्तो भइरहेको होला ?
–सबै मान्छे मुर्ख हुन् । जान्ने–बुझ्ने हामी मात्र हौं । मैले आँखा चिम्लिएपछि सबैले अन्धकार देख्छन् भन्ने गलत मानसिकता दलका नेतामा छ । केटाकेटीले यस्तो सोचेको सुहाउँला तर परिपक्व व्यक्तिलाई यो जँच्दैन । केपी शर्मा ओलीकै कुरा गरौं । उहाँ मेरा पुराना मित्र हुनुहुन्छ । प्रधानमन्त्री हुनुपूर्व उहाँले अधिनायकवादको कुरा गर्नु भएको थियो । सारा शक्ति केन्द्रिकृत गर्नु अधिनायकवाद हो भन्ने उहाँको परिभाषा थियो । प्रधानमन्त्री भएपछि लागेको थियो, उहाँले केही गर्नुहुन्छ । तर उहाँले अलोकतान्त्रिक गतिविधि मात्र देखाउनु भएन, अधिनायक नै हुन खोज्नु भयो । संसद् विघटन गरेर अध्यादेशले देश चलाउने दुस्साहस गर्नुभयो । आफैंले बनाएको संविधान कुल्चने काम केपी शर्मा ओलीबाट भयो ।
० यसमा पार्टीभित्र गुट चलाउने नेताको कार्यशैली पनि जिम्मेवार भनिन्छ नि ?
–अहिलेको व्यवस्थामा देशको बजेट पहिले पार्टीमा पेस गर्नुपर्छ । पार्टीमा ओके भएपछि सरकारले ल्याएको बजेटको विरोध उक्त दलले गर्न पाउँदैन । तर उहाँले कहिल्यै पार्टीमा बजेट पेस गर्नु भएन । एकलौटी अघि बढ्नु भयो । अन्य काममा पनि यस्तै रवैया देखाउनु भयो । झण्डै दुई तिहाइ बहुमत सम्हाल्न नसकेर चक्नाचुर भयो । घरको मुली त ओली हुनुहुन्छ । घर मिलाउने पहिलो दायित्व उहाँको हुन्छ । आफू मनपरी गर्ने अनि अरूले अवरोध गरे भन्ने ओलीको तर्क गलत छ । हेर्नुस् नेपाललाई दुई तिहाई बहुमत नै फापेन । गिरिजाप्रसाद कोइरालाले कांग्रेसको बहुमत रहेको प्रतिनिधिसभा नै विघटन गरिदिए । ओलीले पनि उस्तै रवैया देखाए ।
० २०४६ पछि राजनीतिमा जेजस्ता विकृति भित्रिए, अहिले पनि त्यो विद्यमान छ । समस्या व्यवस्थामा हो कि पात्रमा ?
–व्यवस्थामा समस्या नभएको होइन । यसमा पनि खोट छ । अहिलेको व्यवस्था ठीक छैन भन्न पाइन्छ । तर संविधान र कानून मान्दिनँ भन्न कसैले पनि पाउँदैन । अधिनायकवादी भनेर राणा शासन, पञ्चायत, राजतन्त्र ढालियो । अहिले त्योभन्दा बढी गर्न खोजिदैछ । राजनीतिमा लागेका कोही पनि अधिनायकवादको खिलाफमा छैनन् । सबैमा शक्तिमा गएर अधिनायकवादी हुने महत्वकांक्षा छ ।
० गम्भीर आरोप लगाउनु भयो त ?
–शासक शब्दको अर्थ हो, अधिनायक । जसको विरोध हाम्रा राजनीतिक दलले गर्दै आइरहेका छन् । यो देखावटी हो । उनीहरूभित्र सुशुप्त रूपमा अधिनायक हुने महत्वकांक्षा हुर्किरहेको छ । संविधान निर्माण गर्दा शासकीय स्वरूपमा ठूलो विवाद चल्यो । मलाई लागेको थियो शासक शब्द गलत भएकाले सभासदहरूले हामी अधिनायक हुन पनि चाहदैनौं र कसैलाई बनाउन पनि चाहँदैनौं भनेर बहस छेड्नु हुनेछ । तर यति गम्भीर विषयमा कसैको पनि ध्यान गएन । लोकतन्त्र जप्नेहरूले जनतामाथि शासन गर्ने सामन्ती सोचको विरोधसम्म गर्न सकेनन् । यसले के देखाउँछ भने नेतामा तपाईंले गर्न पाउनुहुन्न मैले गर्न पाउनुपर्छ भन्ने सोच छ । हामीले एउटा श्रीपेच त हटायौं अधिनायकवाद हटाउन सकेनौं ।
० यो अवस्थामा तात्विक सुधार हुने सम्भावना छ कि छैन ?
–एकातिर प्रजातन्त्र र लोकतन्त्र भन्ने अनि अर्कातिर शासन गर्ने विरोधाभास अहिले छ । शब्द लोकतन्त्र राखेर पेटबोलीमा शासक जन्माउने परिकल्पना गरिएपछि कहाँबाट लोकतन्त्र र प्रजातन्त्रको आभास हुन्छ ?
० प्रसंग फेरि पनि बदलौं । तपाईंको व्यावसायिक यात्राचाहिँ कसरी सुरु भयो, बताइदिनुहोस् न ?
–व्यवसाय नै गर्दिनँ भनेर लामो समय कम्युन बसेँ । त्यहाँबाट फर्किएर आएपछि केही न केही व्यवसाय गर्नुपर्ने भयो । र, रोजेँ– पोल्ट्र (ह्याचरी) क्षेत्र ।
० पोल्ट्री (ह्याचरी) मै लगानी गर्ने सोच कसरी पलायो ?
–अधिकांश मानिस चलिराखेको, कमाई राखेको व्यवसाय गर्छन् । किनभने यस्तो व्यवसायमा जोखिम कम हुन्छ । तर मेरो स्वभाव नै फरक । अति जोखिमपूर्ण तर प्रचुर सम्भावना भएकाले ह्याचरी क्षेत्रमा केही गरौं भन्ने सोच पलायो । मैले यो कार्य थाल्नु पूर्व काठमाडौंमा मात्र व्यवसाय हुन्छ भन्ने सोच र मान्यता थियो । अझ पोल्ट्रीलाई त व्यवसाय नै मानिदैनथ्यो । सहायक वा सहयोगी व्यवसाय हो भन्ने बुझाइ थियो । उति बेला ७५ प्रतिशत कुखुरा भारतबाट आयात हुन्थ्यो । यसलाई आधुनिकीकरण गरेको खण्डमा यसबाट प्रशस्तै लाभ लिन सकिन्छ भन्ने लागेर यो व्यवसाय थालेको हुँ ।
० यो नै तपाईंको पहिलो व्यावसाय थियो कि त्यसपूर्व अरू नै केही पनि गर्नु भएको थियो ?
–१५ वर्षको उमेरमा नै मैले खाद्यान्नको व्यापार थालेको थिएँ । त्यसको पाँच वर्षपछि त्यो काममा मेरो दिलचस्पी रहेन । अनि छाडिदिएँ ।
० किन मन लागेन त ?
–व्यापारमा ढाँट्नु पर्ने । जति धेरै ढाँट्न सक्यो उति धेरै फाइदा हुने । मलाई ढाँट्न मन लागेन । र, सानै उमेरमा थालेको व्यवसाय छाडिदिएँ ।
० त्यसपछि के गर्नु भयो त ?
मेरो उमेर २० वर्ष भएपछि मैले कुनै पनि व्यवसाय गरिनँ । १४ वर्ष यो सिलसिला जारी रह्यो । १२ वर्ष त आश्रममै बिताएँ । ३४ वर्षअघि उताबाट फर्किएपछि ह्याचरी उद्योग स्थापना गरेको हुँ ।
० यसको सुरुवाती लगानी कति थियो र अहिले यो उद्योगको पुँजी कति पुग्यो ?
–५० लाखमा मैले यो व्यवसाय थालेको हुँ । अहिले यसको लगानी नै अर्बौं पुगिसक्यो । झण्डै ३०० प्लसले त यो उद्योगबाट रोजगारी नै पाइरहेका छन् ।
० तपाईंलाई ह्याचरी उद्योगको किङ (राजा) भनिन्छ । यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
–३४ वर्षअघि ७५ प्रतिशत कुखुरा विदेशबाट आयात हुन्थ्यो । स्वदेशी उत्पादनको योगदान मात्रै २५ प्रतिशत थियो । मैले यो व्यवसाय थालेको १० वर्षपछि देशलाई आत्मनिर्भर बनाउन सफल भइयो । यसमा मलाई सन्तोष मिल्छ ।
० लाखौं नेपाली युवा विदेशी भूमिमा श्रम बेच्न अभिशप्त छन् अहिले । तिनलाई देशभित्रै राख्न सकिँदैन ?
–नेपाल सम्भावना नै सम्भावना भएको देश हो । सबैभन्दा अप्ठ्यारो के हो भने यहाँको नीति नै व्यवसायमैत्री छैन । पहिलो त आवश्यक नीति नै बन्दैन । बनिहाले पनि त्यो कागजमा मात्र सीमित हुन्छ । जस्तोः वर्षौंदेखि कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्ने विषय उठ्ने गरेको छ । तर नीति बनाउँदा जीविकोपार्जन गर्नेलाई पुग्ने गरी मात्र बनाइन्छ । पोल्ट्री क्षेत्रकै कुरा गरौं । यसलाई अतिआवश्यक राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समेटिएको छ । प्राथमिकताप्राप्त उद्योगले सुविधा र सहुलियत पनि पाउनु पर्ने होला । तर यहाँ केही पनि छैन । यो हाम्रो बिडम्वना हो ।
० ह्याचरीमै अरू थप केही गर्ने योजना पनि छन् कि ?
–योजना त थुप्रै छन् । मैले अघि नै भनेँ नि हाम्रो नीति नै खराब छ । अप्ठ्यारो अवस्थामा कतैबाट संरक्षण हुँदैन । पोल्ट्रीमै अझै वार्षिक १० अर्बदेखि २० अर्बसम्मको लगानी थप गरिएन भने आत्मनिर्भर रहिरहन सक्दैन । भाषण गर्दा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले गर्छन् तर नीति बनाउँदा जीविका हुने गरी मात्र बनाइन्छ । विज्ञान र प्रविधिको बदलिँदो परिस्थितिलाई आत्मसाथ गरेर अघि बढ्ने हो भने पोल्ट्री क्षेत्रमै सम्भावना छ ।
० गुनासोको पोको सरोकारवालालाई बिसाउँदा हुन्थ्यो कि ?
–पोल्ट्री व्यवसाय थालेदेखि मैले निरन्तर गाह्रो, साह्रो अप्ठ्यारोबारे कुरा राखिरहेको छु । पहिले पहिले त सम्बोधन पनि हुन्थ्यो । विगत ६ वर्षदेखि चाहिँ कुनै कुरा सुनुवाइ भएको छैन । समस्या राख्दा सबैले हुन्छ, हामी गर्छौं भन्नुहुन्छ । तर व्यवहारमा वचन पूरा गर्ने काम भएको छैन । हामीले बारम्बार नगद अनुदान बेकारको काम भएकाले बन्द गर्न माग गर्दै आइरहेका छौं । जसले काम गर्छ, त्यसलाई मात्र अनुदान दिइयोस् भन्ने हाम्रो मत हो । ट्याक्स, व्याज, उपकरण खरिदमा अनुदान दिने हो भने गर्नेले मात्र पाउँछ । तर यहाँ त गाई गोठ देखाएर अनुदान दिएको भोलिपल्टै गायब हुने गरेका छन् । मन्त्रालयले दिनेदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरणसम्मका कार्यक्रमको प्रभावकारिता सर्भे गर्ने हो भने कुनै पनि सदुपयोग भएको पाइँदैन । अक्षता छरेरझैं पैसा छर्ने शैलीले कार्यकर्ताको पेट भनेबाहेक केही हुँदैन ।
० कोरोना भाइरस महामारीको असर सबैजसो क्षेत्रमा परेको छ । पोल्ट्री क्षेत्रमा चाहिँ यसको असर कस्तो छ ?
– दैनिक उत्पादन गरेर दैनिक बिक्री गर्ने क्षेत्र हो पोल्ट्री । यसमा जति उत्पादन भइरहेको छ, त्यसमा थप–घट गर्न मिल्दैन । गत वर्ष उत्पादन शत् प्रतिशत अनि बिक्रीचाहिँ शून्य रह्यो । कुखुरादेखि दाना उत्पादन गर्नेसम्मका सबै काम प्रभावित भए । यो अवधिमा ३२–३५ अर्ब नोक्सान भएको हाम्रो हिसाब छ ।
कोभिड–१९ महामारीको दोस्रो लहरले पनि पोल्ट्री क्षेत्रलाई उत्तिकै प्रभावित पा¥यो । पहिलो त, कुखुरा उत्पादन नै कम भयो । यसले खर्च बढाउने काम ग¥यो । कुखुराको भाउ घटेकाले किसानले त्यसको पनि उचित मूल्य पाएनन् । कोरोना महामारीको दोस्रो लहरमा पोल्ट्री क्षेत्रले झण्डै १५ अर्ब नोक्सान व्यहोरेको छ ।
० पोल्ट्री क्षेत्रमा यसै पनि चुनौती थिए । भनेपछि यसको चुनौती कोरोना महामारीले अझै थपिदियो होइन ?
–हो, थपिएको छ । यसको उत्पादन घटे पनि खर्च यथावत् हुन्छ । कुखुरालाई दाना खुवाउनै पर्छ, स्टाफलाई तलब दिनैपर्छ । तर भएका उत्पादन बिक्री नै हुने शत् प्रतिशत सुनिश्चितता हुँदैन । कुखुराले उचित मूल्य नपाए पनि बिक्री गर्नैपर्छ । नभए गाड्नु पर्छ । यो अन्यभन्दा संवेदनशील उद्योग हो । यही बेला रानीखेतलगायतका रोग पनि देखापरेकाले नोक्सानी कल्पना गरेभन्दा ज्यादा छ ।
० आर्थिक वर्ष ०७८÷७९ को बजेटमा केही सम्बोधन भए कि भएनन् ?
–केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा पोल्ट्री क्षेत्रलाई उपेक्षित गरिएको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापित गरेर नयाँ सरकारले बजेट ल्याउने भनेकाले त्यसमा केही सम्बोधन होला कि भनेर आशा राखेका छौं ।
० राज्यसँग तपाईंहरूको अपेक्षाचाहिँ के छ ?
–पोल्ट्री क्षेत्रमा झण्डै १५० अर्बको लगानी छ । यति ठूलो लगानी भएको क्षेत्र अहिले जीर्ण छ । यसलाई उठाउन सरकारले प्याकेजको व्यवस्था गरिदिनु पर्छ । विदेशमा पुनः अनुदान दिने व्यवस्था भए पनि यहाँ त्यस्तो छैन । ब्याजमा अनुदान, लोनमा लङ्टर्म, अफ लोनमा राज्यले हेर्नुपर्छ ।

प्रतिकृया दिनुहोस