• शुक्रबार-चैत-१६-२०८०

‘ओम्नी काण्ड’ उछाल्ने गगन र पत्रकार कहाँ छन् ?

 

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको पालाको चर्चित काण्डमध्ये एक हो– ओम्नी काण्ड । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा ओम्नीमार्फत ठूलो रकम अनियमितता भएको आशंका गरिएको थियो । त्यसैले सुरुदेखि नै यसबारे छानबिन गर्न माग हुँदै आएको छ । यस्तो माग राख्नेमा नेपाली कांग्रेस पनि एक थियो । गगन थापाहरूले यसबारे छानबिन माग गर्दै कैयन् दिन प्रतिनिधि सभाको बैठक नै अवरुद्ध पारेका थिए ।


कालान्तरमा नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वमा संयुक्त सरकार गठन हुन पुगेको छ । कांग्रेसले सरकारको नेतृत्व लिएसँगै पुनः यसबारे छानबिन गर्न सरोकारवालाले आवाज उठाउन थालेका छन् ।
ओम्नी प्रकरणबारे छानबिन माग गर्दै कैयन् दिन संसद् अवरोध गरेको नेपाली कांग्रेस गगन थापा समूहको अगाडि तथ्य सतहमा ल्याउने ऐतिहासिक अवसर समयले उपलब्ध गराएको छ । विगतमा सरकार चलाउदा भ्रष्टाचारप्रति खरो नउत्रिने उल्टो मलजल गरेको आरोप कांग्रेसमाथि लाग्दै आएको छ । कथंकदाचित यसबारे छानबिन नगरेमा भने पूर्ववर्ती सरकारलाई बद्नाम गर्न कांग्रेसले नक्कली कुरा त गरेको थिएन भनेर प्रश्न उठ्नेछ । 


दुई साताअघि देउवाको नेतृत्वमा सरकार बनेपछि हिजो यसबारे चर्को भाषण गर्ने कांग्रेस आफैं अग्रसर भएर छानबिन गर्नुपर्ने स्थानमा उभिएको छ । अहिलेसम्म कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाले ओम्नी शब्दसम्म पनि उच्चारण गरेका छैनन् । ओम्नी प्रकरणलाई उछाल्न भूमिका खेलेका गगन थापालगायत कतिपय कांग्रेसी नेतासमेत मौन प्रायः छन् । कतिसम्म भने हजिो चर्को स्वर उछाल्ने गगन थापाले समेत अहिलेसम्म यसबारे किन मुख खोलेका छैनन् ?यसले कतै यो प्रकरण छानबिन गर्न कांग्रेसलाई समस्या परेको त छैन भन्ने प्रश्न उठेको छ । हिजो सार्वजनिक खपतका लागि यो विषय उछालिएको त थिएन भन्ने अर्को आशंका पनि अहिले सँगसँगै उठ्न थालेको छ ।


कान्तिपुर, नयाँ पत्रिका र ओम्नीविरुद्ध प्रचारको नगदी जिम्मा लिने ऋषि धमलालगायत सञ्चारमाध्यमले पनि यसबारे अनवरत रूपमा समाचार प्रकाशन गरेर कोकोहोलो मच्चाएका थिए । कांग्रेस नेतृत्वमा सरकार बनेको २ हप्ता पुग्न लाग्दा यी पत्रपत्रिका र पत्रकारहरू किन मौन  छन् ? (साँघु साप्ताहिक, साउन ११)
 

प्रतिकृया दिनुहोस