• बिहीबार-चैत-१५-२०८०

यी वकिल संस्कृतमा गर्छन् बहस

 

 विश्वभर अहिले ६ हजार ९ सयभन्दा बढी भाषा बोलिन्छ । भाषाको प्रयोगले नै हामी एकआपसबीच भावना आदानप्रदान गर्दछौं । संस्कृत भाषा दक्षिण एसियाली मुलुकरुरुरुमा बढी प्रयोग हुने भएपनि पछिल्लो समय संस्कृत भाषा लोप हुँदै गएको छ । भारतमा एक यस्ता वकिल छन् जसले अदालतमा संस्कृत भाषामा वकालत गर्ने गर्दछन् । उनले पत्र लेख्नेदेखि लिएर बहस सबै कार्यमा संस्कृत भाषाकै प्रयोग गर्छन् ।

 

सुुन्दा अचम्म लाग्ला, तर यो सत्य हो । उनको नाम हो आचार्य श्याम उपाध्याय । विगत ४२ वर्षदेखि उनले आफ्ना सबै काम संस्कृत भाषामार्फत नै गर्दै आएका छन् । संस्कृत भाषाप्रति उनको लगावको कारण उनको बुवा हो । सानैदेखि उनमा संस्कृतप्रति लगाव थियो र कक्षा ७ मा पुगेर उनले अदालतमा संस्कृत भाषामै काम गर्ने अठोट बनाएका थिए ।

 

सुरुवाती दिनमा उपाध्यायले संस्कृत भाषामा कागज तयार गरेर न्यायाधीशको सामुन्ने पेस गर्दथे । त्यसकारण न्यायाधीशहरू पनि अचम्ममा पर्ने गर्दथे । 

प्रतिकृया दिनुहोस