मोरङ, २४ वैशाख (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताउनुभएको छ । एमालेको महानगरस्तरीय चुनावी भेलालाई २०७९ वैशाख २४ गते यहाँ सम्बोधन गर्दै उहाँले विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजनीतिक रुपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उहाँले भत्रुभयो, “सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जानेछ ।” आफ्नो तीनवर्षे शासनकालमा मधेसमा हुलाकी सडक, शिक्षाबाट वञ्चितलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उहाँले भत्रभुयो, “मधेसमा आगामी दुई वर्षमा एक लाख ८५ हजार बिघा जग्गा सिँचाइ हुने सुनकोसी मरिन ड्राइभ निर्माण, ज्येष्ठ नागरिक भत्ता, विद्युत्भार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु ।”
पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको आरोपसमेत लगाउनुभयो ।
उहाँले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलत हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले चेतनाको आन्दोलनको नेतृत्व गरेको गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गर्नुभयो ।
सभामा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखकी उम्मेदवार शिल्पा निराला कार्की लगायतले विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने सङ्कल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै विराटनगरलाई सहरका रुपमा विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––
प्रतिकृया दिनुहोस