काठमाडौं, ६ जेठ । २०७९ जेठ ५ गतेराति ९. ५५ बजेसम्म काठमाडौं महानगरपालिकाकाे ६५०८१ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले अहिलेसम्म २५ हजार १८५ मत ल्याएका छन् ।
पछिल्लो मतपरिणामअनुसार शाहले २५ हजार १८५ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३ हजार ९८ मत पाएका छन् । २०७९ जेठ ५ गते राति ९.५५ बजेकाे मत गणनाकाे नतिजा अनुसार, ‘बालेन’ले ३९ प्रतिशत, केशव स्थापितले २० प्रतिशत र सिर्जना सिंहले १९ प्रतिशत मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले १२ हजार ४६० मत पाएकी छिन् । याे मतगणनासम्म केशव स्थापित र सिर्जनाकाे दाेस्राे र तेस्राेकाे प्रतिस्पर्धा देखिन्छ ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले पछिल्लाे मत अनुसार, लगभग २३ हजार ८३७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ५७६ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस