• शनिबार-बैशाख-८-२०८१

अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा

 
 
मोरङ, । मोरङको केराबारी-८ स्थित रहेको खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको हो ।
 
नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिकृया दिनुहोस