• सोमबार-बैशाख-२९-२०८२

वर्षमान र जनार्दनका एकपछि अर्काे संयाेग, याे पटक साह्रै बद्नाम !

 


काठमाडौं । माअ‍ोवादीभित्र वर्षमान पुन र जनार्दन शर्मा प्रतिस्पर्धी नेताहरु हुन् । उनीहरु प्रचण्डको उत्तराधिकारी हुने प्रयामा लागेका छन् । त्यसैले पार्टीभित्रको शक्ति आफ्नो पक्षमा ल्याउन हरप्रयास गरिरहेका उनीहरु राज्यशक्तिमाथि पनि त्यसरी प्रभाव विस्तार गर्ने प्रयासमा लागेका छन् ।


माओवादी सरकारमा जतिपटक गयाे ती हरेक सरकारका महत्वपूर्ण मन्त्रालयमा पुन वा शर्मा अवसर पाएकै हुन्छन् । पुन मन्त्री भएको मन्त्रिपरिषद् मा शर्मा अटाउँदैनन र शर्मा भएको क्याविनेटमा पुन पनि अटाउँदैनन । एकसाथ मन्त्री नभएका उनीहरुबीच एउटा संयोग भने परेको छ ।

 

एउटाले पहिले सम्हालेको मन्त्रालय अर्कोले त्यही मन्त्रालय सम्हालेका छन् । जस्तो, जनार्दन शर्मा शान्ति तथा पुननिर्माण मन्त्री भए । त्यसलगत्तैको मन्त्रिपरिषद् पुनगर्ठनमा शर्मा सरकारबाट फिर्ता भए अनि पुन शान्ति मन्त्रालय सम्हाल्न पुगे ।


शान्ति मन्त्रालयमात्र होइन, उर्जा मन्त्रालयमा पनि त्यस्तै भएको छ । पहिला उर्जा मन्त्रालय सम्हालेर शर्मा राजनीतिक रुपमा हाईहाईको वातावरण सिर्जना गरे । उज्यालो नेपाल नेपालको अभियान चलाएर लोडसेडिङ अन्त्यका लागि शर्माको नाम अगाडि आउने गरेको छ ।


त्यसैगरी, अर्थ मन्त्रालयको कुरामा पनि त्यही भएको छ । पहिला अर्थ मन्त्रालयमा वर्षमान पुन पुगेका थिए । उर्जा र शान्ति मन्त्रालयमा पहिला जनार्दन शर्मा पुगे भने अर्थमा पहिला वर्षमान पुन पुगेका थिए । त्यसैले पार्टीभित्रको शक्ति निर्माणका लागि पनि मन्त्रालय जिम्मा लिँदा एकले अर्कोलाई प्रतिस्थापन गरेको जस्तो देखिन्छ ।


त्यसैले माओवादीभित्र संयोगले एउटै मन्त्रिपरिषद् मा अटाएका छैनन भने अर्को संयोग चाहिं एउटाले सम्हालेको मन्त्रालय अर्कोले सम्हालन पुगेका छन् ।


यसभन्दा अघि मन्त्री हुँदा  यी दुई  शर्मा र पुन बद्नाम भएर मन्त्री पद त्याग्नु परेकाे थिएन । तर, यस पटक भने जनार्दन शर्मा निकै बद्नाम भएर मन्त्री पद त्याग्न बाध्य भए ।

 

प्रतिकृया दिनुहोस